बेलौरी खबर

महिला आत्मनिर्भर भए मात्रै समृद्धि हासिल हुन्छ ः खानेपानी मन्त्री बिना मगर ।। (अडियो सहित)

कञ्चनपुर । खानेपानी मन्त्री बिना मगरले महिलाहरूलाई सक्षम, सबल र आत्मनिर्भर नबनाईकन मुलुकको समृद्धि हुन नसक्ने बताउनु भएको छ । व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रले कञ्चनपुरको बेलौरीमा शनिबार आयोजना गरेको प्राकृतिक वनस्पतिबाट बन्ने हस्तकलाका सामाग्रीहरु उत्पादन सम्बन्धी तालिमको उद्घाटन गर्दै मन्त्री बिना मगरले महिलालाई आत्मनिर्भर बनाएर मात्रै समृद्धि सम्भव हुने बताउनु भएको हो । उहाँले महिलाहरुलाई सिकाइने सीप र कलाले घरेलु उत्पादनमा टेवा पुग्ने भएकोले देशको विकासमा समेत योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । आवाज

http://radiobelauri.org.np/uploads/audio/73.Bina%20Magar%20Clip%20@%20Belauri%208-15.mp3

 

कार्यक्रममा महिला उद्यमी महासंघकी संयोजक देविका बुढाथोकीले नेपालमा घरेलु तथा हस्तकलाको क्षेत्रमा धेरै अवसरहरु रहेको बताउँदै यसको उत्पादनमा जोड दिनुपर्ने आवश्यकता रहेकोे बताउनुभयो । त्यस्तै, व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरद बिक्रम राणाले महिलाहरुको सीप विकास तालिमको लागि केन्द्रको तर्फबाट सधैं सहयोग जारी राख्ने बताउनुभयो ।

 

कञ्चनपुर जिल्लामा रहेका करिब एक सय वटा  प्रगतिशील महिला समुहका हजारौं महिलाहरु लाभान्वित हुने  गरि आयोजना गरिएको तालिमको सह आयोजक प्रज्ञा स्मृति प्रतिष्ठान रहेकोे जनाइएको छ । १५ दिन सम्म संचालन हुने तालिमको समन्वय महिला उद्यमी महासंघले गरेको छ ।
 

<