बेलौरी खबर

दशै तिहार सकिए लगत्तै प्रशासनमा भिडभाड ।।

गणेश विक, बझाङ ।
अरु समय खास्सै सेवा ग्राहीहरुको भिडभाड नहुने जिल्ला प्रशासन कार्यलय बझाङमा दशै तिहारको समयमा भने सेवा ग्राहीहरुको भिड भाड हुने गरेको छ । यो समयमा जिल्लाका अन्य सरकारी कार्यलयहरुमा सेवामा ग्रहीहरुको पातलो उपस्थिती हुने गरेको भए पनी जिल्ला प्रशासन कार्यलयमा भने दशै तिहारका बेला मानीसहरु घरमा आउने भएकाले जिल्ला प्रशासन कार्यलय बाट लिईने नागरीकता लगायत अन्य सेवा लिन यो समयमा सेवा ग्राहीहको बाक्लो उपस्थिती हुने गरेको छ ।

 

अन्य समयको तुलनामा दशै र तिहारमा पाहाडी जिल्लाहरुमा जिल्ला प्रशासन कार्यलय बाट लिईने नागरीकता, नागरीकताको प्रतिलीपी, राहादानी लगायत अन्य सिफारीस लिन आउने सेवा ग्राहीहरु बढी हुने गरेको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए ।

 

उनले भने अन्य समयमा दिनमा १० ।१२ जना सेवा ग्राही मात्र हुने गरेको भए पनी दशै तिहार यता भने दैनिक ६०।७० जना भन्दा बढी सेवाग्राही हुने गरेका बताए । दशै र तिहारमा बाहीर जिल्ला बसेका मानीसहरु घर फर्कने चाँडपर्व मनाउने र नागरीकता र राहदानी जस्ता कामहरु एकै पटक कनाउने भन्ने सोचका कारण पनी यो समयमा बढी भिडभाड हुने गरेको सहायक प्रमुख जिल्ला अधिकारी जोशीको भनाई छ ।

 

जिल्ला प्रशासनमा अहिले राहदानी पास्पोर्टको सीफारीस बनाउने सेवा ग्राही नागरीकता तथा नागरीकताको प्रतिलीपी लगायत अन्य सिफारीस बनाउने सेवा ग्राहीहरुको घुईचो नै देखीन्छ । एक बर्ष काठमान्डौ बसेर कोरीयन भाषा सिक्दै गरेका थलारा गाँउपालीका ६ घर भएका मनोज विष्टले दशै पनी बनाउने र यही अवसर पारी राहदानी बनाउनका लागी प्रशासन बाट सिफारीस लिन आएको बताए । उनी जस्तै अन्य काठमान्डौ, धनगढी, नेपालगंज, महेन्द्रनगर लगायत अन्य विभीन्न ठाँउमा बस्ने विद्यार्थीहरुको जिल्ला प्रशासनमा बढी रहेको पाईन्छ ।

 

सेवा ग्राहीहरुको चाप बढी हुन थाले पछी विहान ९ बजे नै कार्यलय संचालन गरी बेलुका ५ बजे सम्म सेवा दिदै आएको जिल्ला प्रशासन कार्यलयका कर्मचारी अञ्जु गिरीले बताउनु भयो । २०७० असोज बाट कम्प्युटराईज नागरीकता प्रिन्ट प्रविधी बाट नागरीकता दिन सुरु गरेको जिल्ला प्रशासनले हाल सम्म २२ हजार ४ सय ८७ नागरीकताहरु कम्प्युटर बाट प्रिन्ट गरी दिएको छ ।

 

यसका साथै कम्प्युटर सिस्टम आए पछी पुराना एक लाख २० हजार ३५१ नागरकिताहरु पनी कम्प्युटरमा ईन्ट्री भएका छन् । अब कम्प्युरमा १६ हजार जती नागरीकता ईन्ट्री हुन बाँकी रहेको बताईएको छ । २०२० सालमा नागरीकता ऐन आए संगै नागरीकता पाउन सुरु गरेको भए पनी बझाङ जिल्लामा भने २०२७ साल देखी नागरीकता लिएको अभिलेखमा उल्लेख छ । तत्कालीन समयमा जिल्लामा विषेश अधिकृतको कार्यलय बाट नागरीकता उपलब्ध गराउने प्रावधान रहेको थियो ।

<