बेलौरी खबर

दीपावलीको अवधिमा कञ्चनपुरमा १३ सवारी दुर्घटनामा १६ जना घाईते , १ जनाको मृत्यु ।।

हरिश चन्द्र बाग, कञ्चनपुर । 

यसवर्षको दीपावलीको अवधिमा कञ्चनपुर जिल्ला भर १३ वटा सवारी दुर्घटनामा १६ जना घाईते भएका छन् ।

 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार यही कार्तिक २१ देखि कार्तिक २४ गतेसम्मको अवधिमा कञ्चनपुर जिल्ला भर १३ वटा सवारी दुर्घटना भएका थिए । सवारी दुर्घटनामा परी ५ जना सामान्य तथा ११ जना मध्यम घाइते भएका छन् भने १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

 

 

दुर्घटना हुने सवारी साधनमा प्रायः मोटरसाइकल रहेका छन् । १३ मध्ये ८ दुर्घटना मोटरसाइकल र पैदय यात्री ठोकिएको भएको देखिन्छ भने एउटा मोटरसाईकल र साईकल यात्री तथा एक स्कुटी र पैदलयात्री एकापसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

 

 

त्यस्तै, एक–एक दुर्घटना बस र अटो ठोकिएर तथा मोटरसाईकल अनियन्त्रित भएर हुनगएको कञ्चनपुर प्रहरीले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । से १ ज ८४५ नं. को जिप र म २ प ५८१ नं. को स्कुटी एकापसमा ठोक्किदा शुक्रबार स्कुटी चालक पार्वती बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

<