बेलौरी खबर

सामाजिक विकासमा काम गर्ने उद्देश्यले क्रियटिभ युथ फोरमका लागि समिति गठन ।।

हरिश चन्द्र बाग, कञ्चनपुर ।
कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रका सकृय युवाहरुको संलग्नतामा सोही क्षेत्रमा सामाजिक विकास सम्बन्धी कार्य गर्ने उद्देश्यले एक समिति गठन गरिएको छ । बेलौरी स्थित विज्डम एकेडेमीमा शनीबार  आयोजित भेलाले सामाजिक विकासका क्षेत्रमा काम गर्नका लागि क्रियटिभ युथ फोरम नामक संस्था दर्ता गर्ने निर्णय सर्वसम्मत पारित गरेको छ ।

 

सो संस्थाको विधान निर्माणका लागि युवा नेतृ कमला बोहराको संयोजकत्वमा ५ सदस्यीय समिति समेत गठन गरिएको छ । विधान निर्माण समितिमा लक्ष्मण दियाल, बासु घिमिरे, जय बहादुर चन्द र सन्तोष बिष्ट सदस्य रहनु भएको छ । उक्त समितिले सात दिन भित्र बिधानको मस्यौदा निर्माण गरी भेलामा प्रस्तुत गर्ने छ । 

<