कला / संस्कृति / साहित्य

“प्रेम कहानी” मा मोडलिङ गर्दै डेबिडको धमाकेदार इन्ट्री ।।

किशोर तामाङ्ग, कञ्चनपुर ।

कञ्चनपुर जिल्लाको विकट दक्षिणी भेग पुनर्वासका एक नवोदित युवा मोडलिङ्गमा जम्दै आएका छन् । पुनर्वास नगरपालिका वडा नम्बर ७ च गाउँका डेबिड तामाङ्गले अहिले म्युजिक भिडियो मार्फत मोडलिङ्गको यात्रा सुरु गरेका छन् ।

 

पूर्व नेपाली सेनाका जवान समेत रहेका डेबिड सानै उमेर देखि नै कलाकारिता तर्फ आफ्नो रुचि रहेको बताउछन् । सानै उमेरको हुँदा गाउँ घरमा आयोजना गरिने साँस्कृतिक कार्यक्रममा भाग लिने र नडराई आफ्नो प्रतिभा प्रस्तुत गर्दथे। यसरी बच्चै देखिको खुबी र सपना आज आएर साकार भएपछि आफु निकै खुशी भएको उनी बताउ छन् ।

 


गायक धिरेन लामाको स्वरमा रहेको नेपाली पप गीत “प्रेम कहानी” को म्युजिक भिडियो मार्फत डेबिडले आफ्नो पहिलो प्रस्तुती बजारमा ल्याएका हुन। सो म्युजिक भिडियोमा डेबिड तामाङ्ग, भिम तामाङ्ग, रेमि घले र शशी थिङ्गले अभिनय गरेका छन । पहिलो म्युजिक भिडियोले धेरै राम्रो प्रतिक्रिया र बजारमा राम्रो स्थान पाएकाले आफु झन उत्साहित भएको मोडल डेबिड बताउछन् ।

<