खेलकुद

खुल्ला खसीकप पुरुष भलिवल प्रतियोगितामा खसी बेलौरी युवा क्लबलाई, बोका दीपज्योतिलाई ।।

केशब भट्ट, कञ्चनपुर ।
कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. ९ कुण्डामा रहेको दिपज्योति युवा क्लबले आयोजना गरेको खुल्ला खसीकप पुरुष भलिवल प्रतियोगिता आज समापन गरिएको छ ।

 

आज भएको खेलमा बेलौरी युवा क्लब र आयोजक दिपज्योति युवा क्लब ए बीचको अन्तिम खेलमा बेलौरी युवा क्लबले जित हात पारेको छ भने आयोजक दिपज्योति युवा क्लब ए ले दोस्रो स्थानमा चित्त बुझाउनु परेको छ ।

 

खेलमा विजेता भएसंगै बेलौरी युवा क्लबले पुरुस्कार स्वरुप खसी हात पारेको छ भने उपविजेता भएको आयोजक दिपज्योति युवा क्लब ए ले पुरुस्कार स्वरुप बोका हात पारेको छ ।

 

आज भएको समापन कार्यक्रममा सभापति दिपज्योती युवा क्लबका अध्यक्ष विरेन्द्र चौधरी रहनु भएको थियो भने प्रमुख अतिथीमा बेलौरी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष शमसेर सिंह पेला रहनु भएको थियो ।

<