बेलौरी खबर

राष्ट्रिय बाल दिवसका अवसरमा बेलडाँडी गाउँपालिका स्तरीय अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ।।

हरिश चन्द्र बाग, कञ्चनपुर । 
“सुखी नेपाली, समृद्ध नेपाल : बाल अधिकार सबैको सरोकार” भन्ने राष्ट्रिय नारा सहित शुक्रबार राष्ट्रिय बाल दिवस मनाइएको छ । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले शुक्रबार बाल दिवसको अवसरमा गाउँपालिका स्तरीय अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरेको छ । प्रतियोगितामा आधारभुत तह अन्तर्गत १–५ र ६–८ तथा मावि तह अन्तर्गत कक्षा ९–१० गरी तीन तहको सहभागिता रहेको थियो । 

 

मावि तहमा रौलेश्वर मावि प्रथम भएको छ भने कञ्चन ग्यालेक्सी द्वितीय र सरस्वती जनता मावि तृतीय भएका छन् । त्यस्तै, आधारभुत तह अन्तर्गत कक्षा ६–८ सम्ममा बेलडाँडी नवज्योति प्रथम, कञ्चन ग्यालेक्सी द्वितीय र रौलेश्वर मावि तृतीय भएका छन् आधारभुत तहकै कक्षा १–५ सम्ममा बेलडाँडी नवज्योती पब्लिक स्कुल प्रथम, सगरमाथा शिक्षा एकेडेमी द्वितीय र सिद्दनाथ मावि तृतीय भएका छन् । 

 

कार्यक्रममा सहभागी सबै २१ ओटै निजी तथा सामुदायिक विद्यालयलाई सहभागीताको प्रमाण दिइएको थियो भने सबै तहमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयका सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्र सहित पुरुस्कार वितरण गरिएको बेलडाँडी गाउँपालिका वडा नम्बर १ का सदस्य शंकर भट्टले जानकारी दिनुभएको छ । 

 

गाउँपालिका स्तरीय अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता मूल आयोजक समितिका संयोजक ध्वज बहादुर बिष्टको अध्यक्षतामा सञ्चालित कार्यक्रममा बेलडाँडी गाउपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्री प्रमुख अतिथी, गाउँपालिकाका उपाध्यक्ष कमला कार्की विशिष्ट अतिथी सहित सबै जनप्रतिनिधि, सबै सामुदायिक तथा निजी विद्यालयका प्रधानाध्यापक तथा अन्य शिक्षक र विद्यार्थीहरुको पनि उल्लेख्य सहभागीता रहेको गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीका स्वकीय सचिव कृष्ण कुमार रोकायाले बताउनु भयो ।

 

नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्रा्ष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

<