बेलौरी खबर

कञ्चनपुरको दक्षिणी भेगमा पुनः हात्तिको आतङ्क सुरु ।

किशोर तामाङ, कञ्चनपुर ।
कञ्चनपुरको दक्षिणी भेग पुनर्वासमा आज फेरी हात्तिको आतङ्क सुरु भएको छ । सोमबार करिब साँझ ८ बजेको समयमा ५०औँ को सङ्ख्यामा भारतीय जंगलबाट हात्तीहरुको एक बथान नेपाल प्रवेश गरेको छ । 

 

सो हात्तीको बथान भारतीय सिमाना दुधवा नेशनल पार्कबाट पुनर्वास नगरपालिका वडा नं. १० मा प्रवेस गरेको कुण्डा सेक्टर बन कार्यालयका बन अधिकृत दिनेश यादवले जानकारी दिनु भएको छ ।

 

रातिको समयमा हत्तीको बथान पुनर्वास नगरपालिका वडा नं. १० का किसानहरुको धानबारीमा चर्दै गरेको कुण्डा सेक्टर बन कार्यालयका अधिकृत यादवले बताउनु भयो । दोंदा पुल देखि सिम्री र उदरी तर्फ आवतजावत नगर्न समेत उहाँले सबैलाई आग्रह गर्नुभएको छ ।

 

वरिपरी उखुबारी भएको हुँदा सोही मार्ग प्रयोग गरी हात्तीको बथान लालझाडी जंगल तर्फ बढ्न सक्ने सम्भावना रहेको उल्लेख गर्दै मानवीय क्षति नहोस् भनी सतर्क रहन यादवले अपिल गर्नुभएको छ ।

<