खेलकुद

उग्रतारा मैत्री खुला व्याटमिन्टन प्रतियोगिता समापन ।।

कञ्चनपुर ।
कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. ४ मा अवस्थित श्री उग्रतारा बाल बिद्यालयले गौरा पर्वको अवसर पारि आयोजना गरेको उग्रतारा मैत्री खुला व्याटमिन्टन प्रतियोगिताको हिजो समापन भएको छ । खुला डबल व्याडमिन्टन प्रतियोगितामा ईलाका प्रहरी कार्यालयका तर्फबाट छत्र बहादुर साउँद तथा बिष्णु बहादुर धामीको जोडी प्रथम भएको छ भने, शुक्लाफाँटा युवा क्लब झलारीका तेज राज भट्ट तथा कबिन्द्र पन्तको जोडी द्वितिय भएको छ ।

 

यहि भाद्र १९ गते देखि आयोजना गरिएको उक्त मैत्रीपुर्ण खुला व्याटमिनटन प्रतियोगितामा जिल्लाका बिभिन्न स्थान बाट १६ वटा टिमको सहभागिता रहेको थियो । उग्रतारा बाल बिद्यालयले ग्रामिण भेगमा व्याटमिन्टन खेल प्रति युवाहरुको रुची बढाउन बिगत ४ बर्ष देखि उग्रतारा मैत्री खुला व्याटमिन्टन प्रतियोगिता गर्दै आई रहेको बिद्यालयका पिन्सिपल गंगा प्रशाद रिजालले बताए ।

 

हिजो बिहान एक कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथि ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक चुडामणी पुनले बिजेता टिम लाई नगद रु. ७ हजार १ सय,  ट्रफि र प्रमाण तथा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा  कार्यक्रमका सभापति टेक बहादुर साउँदले उप बिजेता टिमलाई नगद रु. ३५००, ट्रफि तथा प्रमाण पत्र प्रदान गरेका  थिए । कार्यक्रमका अधिकासं वक्ताहरुले उग्रतारा बालबिद्यालयले व्यटमिन्टन खेलका लागि गरेको योगदानको प्रशंसा गरेका थिए ।

 

बिद्यालयले आÏनै निजी लगानिमा व्याटमिन्टल खेल्नका लागि हल निर्माण गरेको छ । पहिलो पटक २०७१ सालमा आयोजना गरेको व्याटमिन्टन प्रतियोगितामा हावा तथा मौसम अनुकुल नहँुदा  प्रतियोगिता  प्रभाबित हुदा उग्रतारा बालबिद्यालयका संस्थापक युवा, तथा समाजसेबी ईन्जिनियर दिपेन्द्र बिष्टले आफ्नै लगानिमा व्याटमिन्टन खेल्लका लागि हल निर्माण गरेका हुन । उक्त हल निर्माण गरे संगै यस क्षेत्रका व्याडमिन्टन प्रति रुचि राख्ने खेलाडीहरु, कर्र्मचारीहरु बिहान बेलुका हलमा आई व्याटमिन्टन खेलकोआनन्द लिने गरेका छन ।

 

बिद्यालयले युवाहरुलाई मात्र नभई माध्यमिक तहका बिद्यार्थीहरु लाई समेत लक्षित गरि बिगत ४ बर्ष देखी व्याटमिन्टन प्रतियोगिता आयोजना गर्ने गरेको बिद्यालयका अर्का संस्थापक केशव सिह बिष्टले बताए ।  बिद्यालयका संस्थापक तथा खेल संयोजक केशव सिह बिष्टले अव दशै र तिहारको बिचमा जिल्ला स्तरिया व्याटमिन्टन प्रतियोगिता आयोजना गर्ने लक्ष्य राखेको बताए । उक्त प्रतियोगितामा बिजेता टिमले रु २१ हजार नगद र उप बिजेता टिमले रु ११ हजार नगद ट्रफि तथा प्रमाण पत्र प्रदान गरिने लक्ष्य राखेको बिद्यालयका संस्थापक तथा संयोजक केशव सिह बिष्टले बताए ।
 

<