खेलकुद

विज्डम एस.पि.ए कपमा शनिबार विज्डम ए र लिटिल फ्लावर ए बिच फाइनल खेल हुने

केशव भट्ट, रेडियो बेलौरी, कञ्चनपुर, १८ जेठ । कञ्चनपुरको बेलौरीमा जारी विज्डम एस.पि.ए कप मा बिहिबार पनि दुईवटा सेमिफाइनलका खेलहरु सम्पन्न भएका छन् ।

बिहिबार भएको पहिलो  खेलमा लिटिल फ्लावर बी धनगढी र विज्डम एकेडमी ए बिच भएको खेलमा विज्डम एकेडमी ए विजयी भएको छ । टस जितेर ब्याटिङ् सुरुवात गरेको विज्डम एकेडमी ए ले लिटिल फ्लावर धनगढी बी लाई २२१ रनको लक्ष्य दिएको थियो, तर लिटिल फ्लावर धनगढी बी जम्मा १३ ओभर खेल्दै ६३ रनमा अलआउट भई १५७ रनको हार बेहोर्न बाध्य भयो । खेलमा विज्डम एकेडमी ए का टिम क्याप्टेन हरिश बिष्टले ५५ बलमा ११६ रन जोड्दै म्यान अफ द म्याचको उपाधि प्राप्त गरेका छन् । यो जीत संगै विज्डम एकेडमी ए. फाइनलमा प्रवेश गरेको छ ।


त्यस्तै बिहिबार भएको दोस्रो खेल लिटिल फ्लावर ए धनगढी र महाकाली मावि बेलौरीबीच भएको थियो । उक्त खेलमा लिटिल फ्लावर ए धनगढी विजय भएको छ । टस जितेर फिल्डीङ् रोजेको महाकाली  माविले ९६ रनको लक्ष्य प्राप्त गरेको थियो । तर महाकाली  माविले जम्मा ९० बनाएर अलआउट भएको थियो । उक्त खेलमा ३४ बलमा २२ रन बनाउँदै लिटिल फ्लावर ए का टिम क्याप्टेन कृष्ण धामी म्यान अफ द म्याच  घोषित भएका छन् । यो संगै २० गते शनिबार दिउँसो २ बजे देखि विज्डम एकेडमी ए र लिटिल फ्लावर ए का बिच फाइनल खेल हुने बताइएको छ ।

<