खेलकुद

बेल्डाँडी खुल्ला फुटबल प्रतियोगिता २०७५ को च्याम्पियन बेलौरी ७ सिङ्पुर ।।

बिकाश सिंह महता, कञ्चनपुर ।
कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडि खुल्ला पुरुष फुटबल प्रतियोगिता २०७५ को समापन संगै  बेलौरी नगरपालिका–७ सिङपुर च्याम्पियन भएको छ । बिहिवार भएको फाइनल खेलमा बेलौरी नगरपालिका –७ सिङ्पुर  र यु एस बि फुटबल टिम बेल्डाँडी बिच भएको खेलमा निर्धारित समयमा १–१ को बराबरी भएको थियो थप समयमा गोल रहित रहदा खेल ट्रराबेकरमा गएको र ६–५ गोलले बेलौरी नगरपालिका –७ सहजै जित आफ्नो पक्षमा पार्दै प्रतियोगिताको च्याम्पियन भएको छ भने यु एस बि च्याम्पियन हुने सपना अधुरो नै रहेको छ ।

 

बिजेताले ३० हजार नगद सहित ट्रफी प्रमाणपत्र, मेडल हात परेको छ भने उपबिजेता ले नगद १५ हजार ट्रफी प्रमाणपत्र र मेडलमा चित्त बुझाएको छ । उक्त प्रतियोगिता भरिको उत्कृष्ट खेलाडि सिङ्पुरका जीवन चौधरी, उत्कृष्ट डिफेन्डिङ यु एस बि का धर्मराज गिरी र उत्कृष्ट गोल किपर बिनोद मोहनी चुनिएका छन । प्रतियोगिता भरि  सर्वा्धिक गोल गर्ने खेलाडी यु एस बि का बादल पाख्रेल भएका छ्न । उनले १० गोल गर्न सफल भएका थिए । प्रतियोगिता भरी राइजिङ्ज खेलाडी अलस्टार युवा क्लब“बि“का  विशाल शाह भएका छन उन लाई महाकाली डेन्टल हस्पिटलले उचित पुरस्कर दिएको थियो ।

 


सुदूरपश्चिमेलि हरुको महान चाड गौरा पर्वको उपलक्ष्यमा अलस्टार युवा क्लब बेल्डाँडी –१ द्धारा आयोजित खुल्ला पुरुष फुटबल प्रतियोगिता २०७५ को समापन कार्यक्रमका सभापति संस्थापक अध्यक्ष चेत बहादुर शाह रहेका थिए भने प्रमुख अतिथी बेल्डाँडी गाउँपालिका अध्यक्ष धन बहादुर थापा क्षेत्री रहेका थिए ।

 

कार्यक्रमका विशिष्ट अतिथी गाउपालिका उपाध्यक्ष कमला देवि कार्की , अ्म्मर बहादुर खात्री वडा न.१ का अध्यक्ष र प्रेम खाती वडा न.२ का अध्यक्ष रहेका थिए। भने खेल संयोजक कृष्ण बहादुर शाही रहेका थिए भने  लोक बहादुर बलायर र दिपक कोइरालाले कार्यक्रम संचालन गरेका थिए ।
 

<