कला / संस्कृति / साहित्य

गरीब तथा अशक्त बालबालिकाको शिक्षाका लागि वृहत् मेलाको आयोजना गर्न जुटे बेलौरीका युवाहरु ।।

केशब भट्ट, कञ्चनपुर ।
कञ्चनपुरको बेलौरीमा पहिलो पटक वृहत दशैँ विशेष कार्यक्रम तथा रमाइलो मेलाको आयोजना हुन गइरहेको छ । बेलौरी नगरपालिका वडा नं. ५ स्थीत  कालेश्वर महादेव मन्दिर परिसर भित्र असोज २३ गतेदेखी २९ गतेसम्म मेला लाग्ने भएको छ । बेलौरीमा गरीब, जेहेन्दार तथा अशक्त बालबालिका शिक्षाबाट बञ्चित नहोऊन् भन्ने उद्देश्यले स्थापना गरिएको पुर्व विद्यार्थी समाज नामक संस्थाले विद्यार्थी केन्द्रित गरी रमाइलो मेला आयोजना गर्न गइरहेको समाजका अध्यक्ष लोकेन्द्र सिंह कुवँरले जनाउनु भयो ।  मेलामा कृषि पर्दशनि, शैक्षिक प्रर्दशनी, विभिन्न स्टलहरु, चर्खा , मौतका कुवा, विद्यालय स्तर कला संस्कृती प्रतिस्पर्धा, रानाथारु, चौधरी समुदायको चालचलन, भेषभुषाको पर्दशन ,राट्रिय स्तरका कलाकार लगायत अन्य विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरीने बताइएको छ । 

 

बेलौरीमा पहिलो पटक आयोजना हुन लागेको ७ दिने दशैँ विशेष कार्यक्रमले यस क्षेत्रमा बसोबास गर्ने नागरीकमा खुसीको अनुभुति दिलाउनुका साथै चाडपर्वका बेलामा बेलौरी बजारमा समेत व्यापारमा वृद्घि गर्ने लक्ष्य रहेको छ । कञ्चनपुरको दक्षिणी क्षेत्रलाई केन्द्रस्तर सम्म चिनाउने उद्येश्य सहित कार्यक्रम आयोजना गर्न लागीएको हो । मेला लाग्ने स्थानमा यस प्रदेश नं.७ कै ठुलो रानाथारु सङ्ग्रालय स्थापना भइरहेकाले पनि पर्यटकिय क्षेत्र रहेको छ  । यहाँको हावापानि ,मौसमका कारणले गर्दा समेत रमणिय स्थान रहेको छ । दोदा नदिमा निर्माणधिन पक्कि पुल ,रानाथारु सङग्रालयले दैनिक जसो मानिसहरु मनोरञ्चन गर्न यहाँ आइरहेका हुन्छन । 

 

मेला अवलोकन गर्न यहाँ कञ्चनपुरका बेलौरी नगरपालिका , पुनर्वास नगरपालिका , लालझाडी गाउँपालिका ,बेल्डाँडी गाउँपालिका तथा कृष्णपुर नगरपालिका,शुक्लाँफाटा नगरपालिकाका साथै कैलालीको धनगढि उपमहानगरपालिका तथा भारतको खजुरीया,सम्पुर्णनगर पलियाका नागरीकले मेलमा सहभागी हुने जनाएको छ । यी पाँच स्थानिय तहको मध्य भागमा रहको कालेश्वर महादेव मन्दिर परिसरमा लगभग ५० हजार जनाले अवलोकन गर्ने जनाएको छ । नेपालीहरुको महान चाड दशैँमा स्वदेश तथा विदेशमा रोजगारीका लागी गएकाहरु पनि घरप फर्किने हुनाले पनि यस मेलाको अवलोकनकर्तामा वृिद्घ हुने पुर्व विद्यार्थी समाजका उपाध्यक्ष वालकुमारी पोखरेलले बताउनु भयो । 
 

<