बेलौरी खबर

महाकालीमा पुल नहुँदा बैतडीको पञ्चेश्वरवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य ।।

बैतडी । महाकाली नदिमा पुल नहुँदा बैतडीको पञ्चेश्वर गाउँपालिकाका बासिन्दाहरु वर्षादको समयमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

 

पञ्चेश्वर गाउँपालिकाका बासिन्दाहरुले भारतीय बजारसंग नै कारोबार गर्नुपर्ने र खाद्यान्न, नुन, तेल, लत्ता कपडा र अन्य उपभोग्य सामान भारतको लोहाघाट, चम्पावत, पिथौरागड, कुमाऊ, गडवालबाट ल्याउने काम गर्दै आएका छन् ।

 

नेपाली बजार टाढा पर्ने भएकोले पञ्चेश्वर गाउँपालिका सहित आसपासका बासिन्दाहरुको भारतीय बजार संग प्रत्यक्ष सम्बन्ध रहदै आएको छ । पञ्चेश्वर परियोजनाको लागि अहिलेसम्म नेपाल सरकारले खासै पहल नचालेको स्थानीय नरेश तिवारीले आरोप लगाएका छन् । 
 

<