बेलौरी खबर

समुदायमा आधारित दुई दिवसीय पूर्व सूचना प्रणाली तालिम ।।

कञ्चनपुर । समुदायमा आधारित दुई दिवसीय पूर्व सूचना प्रणाली तालिम सम्पन्न भएको छ । युके एड् को सहयोग तथा आइडिई नेपाल र रुपान्तरणको राष्ट्रिय साझेदारीमा निड्स नेपाल कञ्चनपुर अनुकुलन परियोजनाको सहजीकरणमा बेलौरीको भिला होटेलमा बुधबार र बिहिबार आयोजित तालिममा बेल्डाँडी गाउँपालिका, बेलौरी नगरपालिका र पुनर्वास नगरपालिका भित्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

 

जिल्ला आपतकालिन कार्य सञ्चालन समितिका जनक राज पन्त र बर्दियाका महेश चन्द्र गौतमले प्रशिक्षण दिनु भएको निड्स नेपाल अनुकुलन परियोजनाका बेलौरी इन्चार्ज मनराज उपाध्यायले बताउनु भयो । तालिममा सहभागीहरुले समुदायमा आधारित दुई दिवसीय पूर्व सूचना प्रणाली तालिमबाट विपद्को समय पूर्व सूचना दिने बारेमा जानकारी पाएको बताएका छन् । निड्स नेपालका केन्द्रिय सचिव लोकेन्द्र जोशीको अध्यक्षतामा हिजो तालिम समापन गरिएको हो ।
 

<