बेलौरी खबर

सरकारले गरेको महङ्गी, भ्रष्टाचार र कर वृद्धि बिरुद्ध चरणबद्द संघर्षका राष्ट्रिय जनमोर्चा ।।

हरिश चन्द्र बाग, कञ्चनपुर ।
राष्ट्रिय जनमोर्चाले बर्तमान सरकारले गरेको महङ्गी, भ्रष्टाचार र कर वृद्धि बिरुद्ध चरणबद्द संघर्षका कार्यक्रम गरिरहेको छ । राष्ट्रिय जनमोर्चालेले बिहिबार कञ्चनपुरको बेलौरी बजारमा बिरोध सभा आयोजना गरी स्थानीय, प्रदेश र संघीय गरी तीन ओटै सरकारका जनप्रतिनिधिहरुको खुलेरै बिरोध गरेको छ । 

 


“राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौँ । महङ्गी, भ्रष्टाचार र कर वृद्धि बिरुद्ध एकजुट होऊँ ।।” भन्ने नाराका साथ जनताको बीचमा रहेको जनमोर्चाको अभियानलाई दुरदराजका जनतासम्म पुर्याई जागरुक गराउने उद्देश्यले उक्त अभियान सञ्चालन गरेको राष्ट्रिय जनमोर्चा कञ्चनपुरका प्रचारप्रसार विभाग प्रमुख महेश राज जोशीले बताउनु भयो ।

 


केपी शर्मा ओली नेतृत्वको बामपंथी सरकारले कर वृद्धि र असंवैधानिक कार्य गर्दै जनतालाई सास्ती पुगाउने काम गरेको राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टले आरोप लगाउनु भयो । ।। आवाज ।।


त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका अर्का केन्द्रीय सदस्य राजाराम चौधरीले नेपालमा संघीयताको आवश्यकता नरहेको राष्ट्रिय जनमोर्चाले भन्दैगर्दा संघीयता पक्षरहरुले जनमोर्चाको धारणा प्रति खिसीट्याँउरी गरेको र अहिले राष्ट्रिय जनमोर्चाले भनेझैँ संघीयता जनताका लागि घाँडो भइरहेको बताउनु भयो । ।। आवाज ।।

<