बेलौरी खबर

बर्तमान सरकारले गरेको कर वृद्धि र असंवैधानिक कार्यका बिरुद्ध कांग्रेशद्वारा बिरोध प्रदर्शन ।।

हरिश चन्द्र बाग, कञ्चनपुर ।
नेपाली कांग्रेशले बर्तमान सरकारले गरेको मुल्य वृद्धि, कर वृद्धि, भ्रष्टाचार र दमनका बिरुद्ध प्रदर्शन गरेको छ । नेपाली कांग्रेश बेलौरी खबरदारी तथा पैरवी समितिले बुधबार कञ्चनपुरको बेलौरीमा बिरोध सभा आयोजना गरी स्थानीय, प्रदेश र केन्द्रीय गरी तीन ओटै तहका जनप्रतिनिधिहरुको खुलेरै बिरोध गरेको छ । 

 

 

केपी शर्मा ओली नेतृत्वको बामपंथी सरकारले कर वृद्धि र असंवैधानिक कार्य गर्दै जनतालाई सास्ती पुगाउने काम गरेको नेपाली कांग्रेशका नेता एवं निवर्तमान सांसद दिवान सिंह बिष्टले आरोप लगाउनु भयो । उहाँले स्थानीय सरकार समेत भ्रष्टाचारमा लुप्त भएको आरोप लगाउँदै यहाँका स्वास्थ्य संस्थाहरुमा विशेषज्ञ डाक्टर नहुनु र भएका पनि नाम मात्रैका भएको भन्दै चर्को बिरोध गर्नुभयो । आवाज

 

 

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेशका नेता बिष्टले यस क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं खानेपानी मन्त्री बिना मगरले यहाँका केही मिडिया र कार्यकर्ताहरुलाई पैसा र मोटरसाइकल समेत दिएको आरोप लगाउँदै उनीहरुले मात्रै बिना मगरका बारेमा बढाइचढाई लेख्ने गरेको तर आफुले विगतमा गरेका कामको बारेमा नलेखेको गुनासो गर्नुभयो । खानेपानी मन्त्री बिना मगरले बेलौरी–खजुरीया भन्सार नाका बनाउने बारेमा तिनै मिडियाले हल्ला चलाएको तर उक्त विषयमा नेपाली कांग्रेश नेतृत्वको सरकारका पालामा आफुले पहल गरेको दाबी गर्नुभयो । आवाज

 

 

नेपाली कांग्रेश खबरदारी तथा पैरवी समिति बेलौरीका संयोजक हरेन्द्र सिंह बिष्टले बिरोध सभामा सम्बोधन गर्दै बर्तमान सरकारले मनोमानी ढंगले वृद्धि गरेको कर फिर्ता लिनु पर्ने भन्दै सरकारको चर्को बिरोध गर्नुभयो । बिकासे काम र योजनाहरुमा चरम भ्रष्टाचार भएको तथा पारदर्शी नभएको भन्दै स्थानीय सरकारको समेत उहाँले आलोचना गर्नुभयो । आवाज

 


त्यस्तै, बेलौरीमा रहेका छाडा पशुचौपायाहरुलाई नगरपालिकाले व्यवस्थापन गर्न नसकेको भन्दै बेलौरी नगरपालिकाको कार्यालय परिसरमा लगेर बाधिएँको नेपाली कांग्रेश कञ्चनपुरका जिल्ला सदस्य प्रकाश राज पन्तले बताउनु भयो । 
 

<