ताजा खबर

अर्थ-वाणिज्य

चट्याङ लागेर मृत्युवरण गरेकी सुकुनीका परिवारलाई निर्धन उत्थान बैंकद्वारा बिमा रकम प्रदान ।।

हरिश चन्द्र बाग, कञ्चनपुर ।
चट्याङ लागेर मृत्युवरण गरेकी कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहाकी सुकुनी चौधरीका परिवारलाई निर्धन उत्थान बैंकले बिमा वाफतको रकम प्रदान गरेको छ । शुक्रबार बेलौरी नगरपालिका वडा नम्बर ७ पौलाहामा रहेको कल्याण माध्यमिक विद्यालयमा वडा अध्यक्ष प्रकाश श्रेष्ठ लगायत स्थानीयहरुको उपस्थितिमा कर्जा सुरक्षण बिमा वाफतको जम्मा ४ लाख ७३ हजार ६५ रुपैँया ७५ पैसा मृतकका श्रीमान् कुञ्ज बहादुर चौधरीलाई हस्तान्तरण गरिएको हो ।

 

गत जेठ १५ गते बिहान भारतको पिलिभित जिल्ला बजारघाटमा तरकारी बेचेर फर्कने क्रममा चट्याङ लागेर बेलौरी नगरपालिका ७ पौलाहा बस्ने वर्ष ४० कि सुकुनी चौधरीको मृत्यु भएको थियो । मृतकका परिवारलाई निर्धन उत्थान बैंकले बिमा वाफतको रकम दिएपछि उक्त परिवारलाई दैनिकी चलाउन केही सहजता हुने वडा अध्यक्ष प्रकाश श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो ।

 

वि.सं. २०४७ सालमा गैरसरकारी संस्थाका रुपमा स्थापित निर्धन २०४९ सालमा नेपालकै पहिलो लघुबित्तका रुपमा काम गर्दै २०५५ सालमा सरकारबाट निर्धन उत्थान बैंक लिमिटेडका रुपमा स्वीकृति लिई केन्द्रीय कार्यालय काठमाण्डौँमा, ७ ओटै प्रदेशमा प्रादेशिक कार्यालय र देशभर १८९ शाखा रहेको निर्धन उत्थान बैंक लिमिटेड शाखा कार्यालय बेलौरीका शाखा प्रबन्धक सुरेन्द्र प्रसाद चौधरीले जानकारी दिनुभयो ।

 

वि.सं. २०६८ चैतबाट बेलौरीमा शाखा स्थापना गरी महिलाहरुलाई धितो र विना धितो कर्जा सेवा, बचत, रेमिट्यान्स, ग्रामीण कर्जा बिमा, पशु बिमा लगायतका सेवा सहित बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, बेल्डाँडी गाउँपालिका र लालझाडी गाउँपालिका गरी चार स्थानीय तहका २ हजार ७ सय ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । 

<