ताजा खबर

बेलौरी खबर

यस्तो रह्यो खानेपानी मन्त्री बिना मगरको एकदिने निर्वाचन क्षेत्र भ्रमण ।।

हरिश चन्द्र बाग, कञ्चनपुर ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर एक बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं खानेपानी मन्त्री बिना मगरले आफ्नो निर्वाचन क्षेत्रका नागरीक समक्ष पुगेर निर्वाचन ताका गरिएका प्रतिबद्दता कार्यान्वयन हुनेमा विश्वास दिलाउनु भएको छ । साउन २४ गते आफु निर्वाचित क्षेत्र कञ्चनपुर १ मा आयोजित विभिन्न कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र समग्र राष्ट्रको समुन्नतिका विषयमा प्रतिबद्द रहेको दोहोर्याउनु भयो ।


बेलौरी भन्सार नाकालाई मुख्य भन्सार कार्यालय बनाउन केन्द्रित ।।


हेमन्त न्यौपाने, कञ्चनपुर ।
खानेपानी मन्त्री वीना मगरले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने बेलौरी भन्सार नाकालाई मुख्य भन्सार कार्यालय बनाउन सरकार लागिरहेको जानकारी गराउनुभयो । बिहिवार कञ्चनपुरको बेलौरी नगरपालिका आदिवासी जनजाति महासंघ नगर तदर्थ समितिद्वारा आयोजित २४ औं आदिवासी जनजाति दिवस कार्यक्रममा बोल्दै मन्त्री वीना मगरले बेलौरी भन्सार कार्यालयलाई मुख्य नाकाका रुपमा अघि बढाउन उद्योग बाणिज्य मन्त्रालय तथा अर्थ मन्त्रालयसंग बसेर भारत समक्ष प्रस्ताव लैजाने छलफल भएको जानकारी गराउदैं सो एजेन्डालाई प्रस्ताव गर्न अहिले नेपाल सरकारको प्रतिनिधि भारत गैसकेको जानकारी गराउनुभयो ।


अन्य विकासका अवधारणा ।।


हेमन्त न्यौपाने, कञ्चनपुर ।


मन्त्री बिना मगरले बन्दाताल लाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न समेत लागिरहेको जिकिर गर्नुभयो । उहाँले आदिवासी जनजातिको कार्यक्रममा बोल्दै आदिवासी, जनजातिको हक अधिकार अझै प्राप्त नभएको बताउनुभयो । आदिवासी जनजातिले नेपालको हरेक ऐतिहासिक आन्दोलनमा सरिक भएर देशको आमूल परिवर्तनमा समेत योगदान पुर्याएको स्मरण गर्दै आदिवासी जनजातिको हक अधिकारका लागि आफु लडिरहने बताउनुभयो । बेलौरी उद्योग बाणिज्यको सभाहलमा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य सांसद कुल वीर चौधरी, स्थानीय राजनीतिज्ञ, समाजसेवी तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । 

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ भित्र पर्ने लालझाडी गाउँपालिकालाई थारु होमस्टे सञ्चालन गर्दै बस्तीलाई नमुना बस्तीका रुपमा विकास गर्न आफु र नेपाल सरकार लागिरहेको जिकिर गर्नुभयो । उहाँले कञ्चनपुरको बिकट मानिएको बेलडाँडी गाउँपालिकालाई समेत जंगल सफारी लगायतका पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने भिजन लिएको जानकारी गराउनुभयो । नेपाल सरकारले अघि सारेको समृद्ध नेपाल सूखी नेपाली एजेन्डालाई आत्मसात गर्दै आफ्नो निर्वाचन क्षेत्रलाई कसरी समृद्ध र सुन्दर बनाउन सकिन्छ त्यसमा आफु निरन्तर लागिरहेको बताउनुभयो ।

भ्यु टावर र स्विमिङ पुलको शिलान्यास ।।

किशोर तामाङ, कञ्चनपुर ।

कञ्चनपुरको दक्षिणी भेगमा अवस्थित पुनर्वास नगरपालिकामा भयू टावर र स्विमिङ पुलको शिल्यनस खानेपानी मन्त्री बिना मगरले एक कार्यक्रमका बिच गर्नुभएको छ । पुनर्वास नगरपालिकाको ७, ८ र ९ नम्बर वडा सम्म फैलिएको जनजागरण सामुदायिक वनले आयोजना गरेको भ्यु टावर तथा स्विमिङ पुलको मन्त्री मगरले शिलन्यास गर्नुभएको हो ।

 

वनले पुनर्वासको पर्यटकीय विकासमा टेवा पुर्याउने हेतुले निर्माण गर्न लागेको भ्यु टावर र स्विमिङ पुलको शिलान्यास कार्यक्रममा मन्त्री मगरले यस योजनाको सफलताको शुभकामना दिँदै आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । केन्द्रीय राज्य प्रणलीबाट बिकासको पुर्वाधारहरुमा उपेक्षित गराएको यस क्षेत्रमा स्थानिय समुदायको यो कदम निकैनै प्रसंसनिय रहेको मन्त्री मगरले जिगीर गर्नुभयो । भ्यू टावर र स्विमिङ पुलको निर्माणको शिलान्यसले यस क्षेत्रको जन जिवन को स्तर उकास्ने र बिकास हुनेमा यहाका स्थानियबासीहरु आशावादी भएका छन् ।

 

भबिष्यमा यस ठाउँबाट सहजरुपले मन मोहक जैवीक बिबिधताले भरिपुर्ण प्याराताल को सम्पूर्ण क्षेत्र सहज रूपले अबलोकन गर्न सकिने छ । साथै भारतीय दुधवा नेशनल पार्क र पुनर्वासको समपूर्ण क्षेत्र समेतको दृश्य अवलोकन गर्न सकिने स्थानिय समाजसेवी अमर जङ्ग साउद ले बताउनुभयो । करीव २ करोड ५० लाखको लागतमा निर्माण समपन्न गर्ने लक्ष्य रहेको जनजागरण सामुदायिक बनका अध्यक्ष कृष्ण बहादुर तामाङले सो कार्यक्रममा जानकारी गराउनुभएको थियो ।

 

यो सरकारले सीमा समस्या समाधान गर्छ ः मन्त्री वीना मगर

 

हेमन्त न्यौपाने, कञ्चनपुर ।
कञ्चनपुरको पुनर्वास नगरपालिका पुगेर विहिबार नेपाल सरकारका खानेपानी मन्त्री वीना मगरले कञ्चनपुर लगायत देशभरको सीमा समस्याको दीर्घकालीन समाधान यहीँ सरकारले गर्ने बताउनुभएको छ । कञ्चनपुरको दक्षिणभेग निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वा्चित मगरले २४ औं आदिवासी दिवसको अवसरमा आदिवासी जनजाति महासंघ पुनर्वासले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो । मन्त्री मगरले पुनर्वासको सीमा समस्या दुईदेशिय कुटनैतिक प्रक्रियाबाट सुल्झने हुँदा सीमा समस्या समाधानको सन्दर्भमा कामहरु भईरहेको जानकारी गराउदै पुनर्वासको सीमा समस्या समेत छिट्टै समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा मन्त्री समक्ष बोल्दै नेपाली कांग्रेस नगरसभापति यम प्रसाद पौडेलले प्यारा ताल भारतमा पर्न सक्ने खतराबारे स्मरण गराउदै यस सम्बन्धमा सरकार सजग हुनुपर्ने विचार राख्नुभएको थियो । नेपाल सरकारका मन्त्री, प्रदेश सभा सांसद तथा नेकपा ७ नम्बर प्रदेशका प्रमुख सचेतक तारा लामा तामाङ, नगरप्रमुख जीवनराज थापा लगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा अधिकांश वक्ताहरुले पुनर्वासले यस पटक तीन जना सांसद पाएको अवसरमा यस अवसरलाई सदुपयोग गर्न र सीमा समस्या तथा सुकुम्बासी समस्या यथासिघ्र समाधान गर्न ध्यानाकर्षण गराए ।

कार्यक्रममा बोल्दै मन्त्री मगरले आदिवासी जनजातिले आफ्नो अधिकारका लागि निरन्तर संघर्ष गर्दै आईरहेको स्मरण गराँउदै नेपालका हरेक आन्दोलनलाई सफल बनाउन आदिवासी जनजातिको महत्त्वपूर्ण भुमिका रहेको समेत जिकिर गर्नुभयो । उहाँले आदिवासी जनजातिलाई सोझो ठानेर पछाडि पार्ने जुन किसिमको सिलसिला पहिला चल्यो अब भने त्यस्तो हुन नदिन आफु निरन्तर संघर्ष गर्ने र आदिवासी जनजातिको पक्षमा आफु निरन्तर उभिने बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रदेश सभा सांसद तथा नेकपा ७ नम्बर प्रदेशका प्रमुख सचेतक तारा लामा तामाङले “आफ्नो प्रतिनिधि सहि दिशामा चलेको छ वा छैन मुल्यांकन गर्दै यदि जनचाहना अनुरुप काम नभए पाईए सल्लाह र सुझाव दिनुपर्ने बताउनुभयो ।” “उहाँले जनप्रतिनिधि छ काम गरिहाल्छ हामी बोल्ने होइन” भन्ने सोचाइ नराखिदिन आम सर्वसाधारणलाई आग्रह समेत गर्नुभयो । उहाँले विकास, सुशासन जनभावना विपरीत जनप्रतिनिधि गएको पाइए सिधै आएर भन्न आम जनसमुदाय प्रति आग्रह गर्नुभयो । उहाँले आदिवासी जनजातिको कार्यक्रममा बोल्दै कुनैपनी जाति अर्को जातिका कारण तल परेको तर्क गर्नु खासै उपयुक्त नहुने बताउदैँ पहिले भन्दा अहिलेको अवस्था सम्म आईपुग्दा जनजातिले धेरै अधिकार प्राप्त गरिसकेको र अझै प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपालको पानीलाई आम्दानीको स्रोत बनाउने योजना ।। 

डिल्ली राज पन्त, कञ्चनपुर ।
खानेपानी मन्त्री बिना मगरले नेपालको पानीलाई आम्दानीको मुख्य स्रोत बनाउन मन्त्रालयले योजना अघि सारेको बताउनु भयो । खानेपानीलाई व्यवसायीकरण गर्दै सगरमाथाको वेस क्याम्पबाट बग्ने आईस बरफलाई प्रशोधन गरेर अन्तर्रा्ष्ट्रिय बजारमा बिक्री गरेर पानीबाटै आम्दानी बढाउने मन्त्री मगरले बताउनु भयो । ३ बर्षभित्रै प्रशोधन सहित स्वच्छ खानेपानी पु¥याउने मन्त्री मगरको दाबि छ । हिम श्रृंखलाको सदुपयोग गर्दै पुर्व मेची र पश्चिम महाकाली सम्मका ८ नदीलाई केन्द्र बनाएर तराईका सबै क्षेत्रमा पानी पु¥याईने योजना रहेको मन्त्री मगरल दाबी छ । पहाड र हिमालमा लिप्टिङ्ग, डिप ट्युबेल र बोरिङ्गबाट पानी निकालेर प्रशोधन गर्दै स्वच्छ पानी वितरण गरिने उहाँले बताउनु भयो । हरेक नागरिकलाई स्वच्छ खानेपानीको सुनिश्चिता गरिने खानेपानी मन्त्री मगरको दाबी छ ।


भुमिपुत्र आदिवासी जनजाती सुबिधाबाट बञ्चित नहुने ः मन्त्री बिना मगर

किशोर तामाङ, जुद्ध चौधरी, कञ्चनपुर ।


सदियोँ देखि सरकारी सेवा सुबिधाबाट बञ्चित नेपालका भूमिपुत्र आदिवासी जनजातीहरू अब कुनै पनि सेवा सुबिधाबाट बञ्चित नहुने खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले बताउनु भयो । कञ्चनपुरको दक्षिणी क्षेत्रको पुनर्वासको त्रिभुवनबस्ती स्थित खुलामञ्चमा बिहिबार आयोजित २४ औं विश्व आदिवासी जनजाति दिवसका अबसरमा बोल्दै मन्त्री बिनाले भन्नुभयो “नेपाल अधिराज्यमा र यस पुनर्वास नगरपालिका भित्र आदिवासी जनजातीको बसोबास अरू जातीको भन्दा बढि रहेकाले स्थानिय निकायबाट पाउने हरेक सेवा सुबिधा अब स्थानिय स्तरबाटै पाउने छन् ।”

बिहिबार विश्वभर मनाउदै आएको आदिवासी जनजाती दिवस कञ्चनपुरका विभिन्न स्थानमा पनि भब्य कार्यक्रम गरि मनाईएको छ । “पहिचान प्रतिनिधित्व र स्वायत्तत्ता सुशासनका लागि आदीवासी जनजातीको अडान, पहिचान सहितको संघियताका निम्ति संविधान सँशोधन हाम्रो साझा अभियान” भन्ने मुल नाराका साथ बृहत सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको हो ।

पुनर्वासका विभिन्न वडाबाट उपस्थित विभिन्न आदिवासी जनजाती समुदायका भेषभुषा तथा झाँकी सहितको र्याली प्रतिभानगर बजार परिक्रमा गरेको थियो । कार्यक्रममा विभिन्न आदिवासी जनजाती समुदायका नृत्य एवम झाँकी समेत प्रदर्शन गरिएको थियो । कार्यक्रममा हजारौँको सँख्यामा दर्शकहरूको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मगरले सदियौँ देखि सरकारी सेवा सुबिधाबाट बञ्चित नेपालका भूमिपुत्र आदिवासी जनजातीहरू अब कुनै पनि सेवा सुबिधाबाट बञ्चित नहुने बताउनु भयो ।


मन्त्री बिना समक्ष योजनाका चाँङ ।।


हरिलाल जोशी, कञ्चनपुर ।


खानेपानी मन्त्री बिना मगर समक्ष स्थानीयले समस्या र योजनाका चाँङ पेश गरेका छन् । बेल्डाँडी, बेलौरी, पुनर्वास, लालझाँडी सहित ७ नम्बर प्रदेशका विभिन्न जिल्लाका स्थानीयले मन्त्री समक्ष विभिन्न योजनाको माग अघि सारेका थिए । बिहीबार साँझ पुनर्वासमा स्थानीय एव कार्यकर्तासँग भेटघाटका क्रममा स्थानीयले कञ्चनपुर लगायत समग्र ७ नम्बर प्रदेशको विकासमा जोडदिएका थिए । सीमा समस्या, हुलाकी राजमार्ग, बेरोजगारी, बेलौरी भन्सारको स्तरबृद्धि, दैजी बेल्डाँडी, बेलौरी कलुवापुर, विद्युतको काउण्टर विस्तार, विभिन्न क्याम्पस, विद्यालयको भौतिक संरचना सुधार, सडक, खानेपानीका योजना सम्पन्न गरिदिन स्थानीयले माग गरेको नेकपा कञ्चनपुरका नेता बीरबहादुर थापा (पातल) ले बताउनु भयो । उहाँका अनुसार मन्त्री बिना समक्ष दर्जनौँ योजनाको माग गरिएका छन् । समस्या योजना लिदै मन्त्री मगरले ७ नम्बर प्रदेशकै विकासका लागि गम्भीर भएको बताउदै विकासका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।

<