ताजा खबर

बेलौरी खबर

भारतबाट अबैध रुपमा ल्याइएका झण्डै २ क्विन्टल बराबरका बोइलर कुखुरा बरामद गरी नष्ट ।।

कञ्चनपुर, २४ साउन ।
भारतबाट अबैध रुपमा भित्र्याउने क्रममा ठूलो मात्रामा कुखुरा बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी गस्ती टोलीले कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ रिछाहाबाट प्रतिबन्धित बोइलर कुखुरा बरामद गरी नष्ट गरिएको छ । भारतबाट अबैध रुपमा ल्याइएका झण्डै २ क्विन्टल बराबरका कुखुरा नष्ट गरिएको हो ।

 

इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक चुडामणि पुन, पशु क्वारेन्टाइन चेकपोष्ट बेलौरीका पशु चिकित्सक धनन्जय जोशी, बेलौरी उद्योग बाणिज्य संघका उपाध्यक्ष हिरामान श्रेष्ठ र पत्रकारको रोहबरमा बरामद गरिएका प्रतिबन्धित बोइलर कुखुरा नष्ट गरिएको हो । 

<