ताजा खबर

बेलौरी खबर

अविरल वर्षाले कञ्चनपुर र कैलाली लगायत विभिन्न क्षेत्र जलमग्न ।।

हरिश चन्द्र बाग, कञ्चनपुर, २० साउन । 
गए राती देखि लगातार रुपमा परेको पानीले कञ्चनपु र कैलाली लगायत विभिन्न क्षेत्र जलमग्न भएका छन् । यस क्षेत्रको महाकाली, दोँदा, स्याली, पथरिया, चौधर, मोहना, खुटीया, कर्णाली आदि नदीहरुमा पानीको सतह बढ्दै गएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । लगातारको वर्षाका कारण बाढी आउने खतरा बढेको र विभिन्न नदीहरु खतराको सुचक नजिक पुगेकाले सबैलाई सचेत हुन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आग्रह गरेको छ । 

 


वर्षका कारण नदीमा आएको वाढी र डुवानमा रहेका क्षेत्रमा कुनै पनी क्षती हुन नदीन नेपाल प्रहरी, सशस्त्र प्रहरी र आवश्यक परे नेपाली सेनाको प्रयोग गर्न पनि तत्पर रहेको प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले बताउनु भयो । बाढी प्रभावित क्षेत्रमा माइकिङ तथा पुर्व तयारीका लागि आवश्यक सामाग्री तयार गरिएको उहाँले बताउनु भयो । कहीँकतै कुनै घटना भए तुरुन्तै नजिकैको प्रहरी कार्यालय वा १०० मा फोन गर्न समेत उहाँले आग्रह गर्नुभयो । 

 


यता बेलौरीको शान्तिपुरमा रहेको वर्षा मापन केन्द्रमा आज बिहान ८ बजे गरिएको मापन अनुसार ८३.३ मिलिमिटर वर्षात भएको वर्षा मापन केन्द्र शान्तिपुरका लिला प्रसाद अधिकारीले जानकारी दिनुभयो । ६० मिलिमिटर भन्दा बढी वर्षात भएमा खतराको सूचक मानिन्छ ।
 

<