अर्थ-वाणिज्य

प्रदेश नम्बर ७ मा मोटरसाइकलको कर अन्य प्रदेशको भन्दा दोब्बरले बढी ।।

प्रदेश नम्बर ७ मा मोटरसाइकलको कर अन्य प्रदेशको भन्दा दोब्बरले बढी तोकिएको छ । प्रदेश नं। ७ को सरकारको निर्णय अनुसार अब प्रदेश नं। ७ का मोटरसाइकल प्रयोगकर्ताले न्यूनतम २५ सयदेखि अधिकतम ३० हजार रुपैयाँ वार्षिक कर तिर्नुपर्ने भएको छ ।

 

जसमा १२५ सीसीसम्मको मोटरसाइकलका लागि २५ सय रुपैयाँ, १२६–१५० सीसीसम्मका लागि चार हजार रुपैयाँ, १५१–२५० सीसीसम्मको लागि आठ हजार रुपैयाँ र २५१–४०० सीसीसम्मका लागि १६ हजार रुपैयाँ, ४०१ सीसीभन्दा माथिका लागि ३० हजार रुपैयाँ तय गरेको छ ।

४६ प्रतिशत गरीबीको रेखामुनि रहेका ७ नम्बर प्रदेशवासी अब चर्को करले थप मर्कामा परेका छन् । चालु आर्थिक वर्षबाट प्रदेश सरकारले तोकेको कर अन्तर्गत मोटरसाईकलमा लिने कर देशका अन्य प्रदेशभन्दा दोब्बर बढी तोकिएको हो । 
 

<