कला / संस्कृति / साहित्य

सरुवा भई आउनु भएका अधिकारीहरुलाई बेलौरी नगरपालिकाद्वारा स्वागत ।।

कञ्चनपुरको बेलौरी नगरपालिकामा अन्यत्रबाट सरुवा भई आउनु भएका अधिकारीहरुलाई एक कार्यक्रमका बीच स्वागत गरिएको छ । सोमबार आयोजित स्वागत कार्यक्रममा दार्चुला जिल्लाको लेकम गाउपालिकाबाट सरुवा भई बेलौरी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भई आउनु भएका भोज बहादुर ऐडि, पुनर्वास नगरपालिकाबाट सरुवा भई आउनु भएका विद्यालय निरीक्षक देव बहादुर चन्द र अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरबाट सरुवा भई आउनु भएका लेखा अधिकृत प्रेम बहादुर निदाललाई बेलौरी नगरपालिकामा स्वागत गरिएको बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले जानकारी दिनुभयो ।

<