ताजा खबर

कला / संस्कृति / साहित्य

आज साउन पन्ध्र अर्थात खिर खाने दिन, अधिकांश नेपालीहरुले आज खिर खाएर यो पर्व मनाउँदै ।।

हरिश चन्द्र बाग, कञ्चनपुर, १५ साउन ।
आज साउन पन्ध्र अर्थात खिर खाने दिन । नेपाली समाजमा धार्मिक र सांस्कृतिक रुपमा खिरको ज्यादै महत्व रहेको छ । कुनै पूजाअर्चना, श्राद्ध, विवाह, वर्तबन्ध लगायत कुनै पनि हिन्दू रीतितिथी मिल्दो संस्कार सम्पन्न गर्दा खिर अपरिहार्य परिकारको रूपमा नेपालीहरूबीच लोकप्रिय पकवान बन्न गएको छ । असारको व्यवस्तताबाट छुटकारा मिलेपछि साउन १५ मा खीर खाने चलन रहेको छ । वर्षाको झरीमा भिजेको शरीरलाई निरोगी र उर्जामय राख्न खीर खाने गरिएको हो ।  

 


अधिकांश नेपालीहरुले आज खिर खाएर यो पर्व मनाउँदै छन् । मिठो र पोषिलो खानेकुरा मानिने पायश अर्थात खिर खाएर नेपालमा खिर खाने दिन मनाइन्छ । दूध, भात र सख्खरलाई संयूक्त पारी पकाएपछि तयार हुने परिकारलाई खिर भनिन्छ । प्रायः सबैले मन पराउने खिर सके सम्म टाइचून, बास्मती अथवा अन्य मसिनो बास्नादार चामल र नभए आफुसंग उपलब्ध भएको चामललाई नै दूधमा पकाएर विभिन्न मसला आदि हालेर खिर बनाइन्छ । 

<