ताजा खबर

बेलौरी खबर

कञ्चनपुरको कृष्णपुरमा यात्रुवाहक भ्यान एकापसमा ठोक्किदा दुई जनाको मृत्यु ।।

हरिश चन्द्र बाग, कञ्चनपुर, २ साउन । कृष्णपुर नगरपालिका ५ आमखैया स्थित पुर्व–पश्चिम राजमार्गमा मंगलबार अपराह्न दुईवटा यात्रुवाहक भ्यान एकापसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका–४ की २४ वर्षीया रीना चौधरी र उनका एक वर्षीय छोरा रिदम रहेको प्रहरीले जनाएको छ ।

 

दुर्घटनामा परी घाइते हुनेहरुमा भ्यानका चालक कैलालीको गोदावरी नगरपालिका ४ बस्ने वर्ष ३४ का दिल बहादुर चौधरीको अवस्था गम्भीर रहेको छ । कञ्चनपुरको बेदकोट नगरपालिका ६ बस्ने वर्ष ४० कि सोमती राना, भीमदत्त नगरपालिका १० बस्ने वर्ष २२ का अर्जुन सार्की र कैलाली धनगढी उपमहानगरपालिका ६ बस्ने वर्ष ३२ कि भागरती पाण्डेयको अवस्था मध्यम छ ।

 

त्यस्तै,  भागरती पाण्डेयका छोरा वर्ष ६ का प्रतिक पाण्डेय, सोही स्थान बस्ने वर्ष १८ कि निरु बम, वर्ष १६ कि रोशनी सिंह, कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ बस्ने वर्ष ३५ कि बिर्मा देवी बुढाऐर र उनका छोरा वर्ष १२ का प्रकाश बुढाऐरको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी ज्ञान बहादुर सेटीले बताउनु भयो ।  घाइतेको कैलालीको अत्तरिया स्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ ।

 

महेन्द्रनगरबाट धनगढीतर्फ सवार म १ ज २५० नम्बरको हाइस र धनगढीबाट महेन्द्रनगरतर्फ सवार बा १० ज ४९१८ नम्बरको म्याजिक भ्यान कृष्णपुर न.पा. ५ आमखैया स्थित पुर्व–पश्चिम राजमार्गमा एक आपसमा ठोक्किदा दुर्घटना भएको हो । हाईस चालक बेदकोट नगरपालिका ६ सिसैया बस्ने वर्ष २४ का अजय सिंह राना ईलाका प्रहरी कार्यालय गुलरीयाको नियन्त्रणमा रहेका छन् । 

<