मनोरञ्जन

पुस्तक हरिबहादुरबारे लेखकले प्रकाश पार्ने

लोकेश धामी, कैलाली, जेठ १७ । नेपाली साहित्य एवं कलाकारिताको क्षेत्रमा ख्याति प्राप्त कलाकार हरिबंश आचार्य विगत केही वर्षदेखि पुस्तक लेखनमा पनि अब्बल ठहरिएका छन् । आफ्नो दोश्रो कृति ‘हरिबहादुर’ को देशव्यापी किताब यात्राको दौरानमा यही बिहिबार धनगढी आउने कार्यक्रम रहेको छ । सर्च सोलुशन नामक संस्था इभेन्ट म्यानेजर रहेको उक्त कार्यक्रम धनगढीको रंगशालामा अपरान्ह साढे चार बजे शुरु हुने बताइएको छ ।

कार्यक्रममा आचार्यले हरिबहादुर पुस्तकको विषयबस्तुमाथि छोटकरीमा प्रकाश पार्नुका साथै पाठकहरुसंग अन्तरक्रिया समेत गर्ने प्रकाशक फाइन प्रिन्टले जानकारी दिएको छ। सोही दिन बेलुका ६.३० बजे धनगढी जेसीजले पनि कलाकार हरिबंश आचार्यसँग साक्षात्कार कार्यक्रम आयोजना गरेको धनगढी जेसीजका महासचिव श्याम पाठकले जानकारी दिए ।

<