कृषि

बेल्डाँडी गाउँपालिका वडा नम्बर १ मा पर्यावरण संरक्षणका लागि सार्वजनिक स्थलहरुमा वृक्षारोपण ।।

विकाश सिंह महता, कञ्चनपुर, ३२ असार ।
कञ्चनपुरको बेल्डाँडी गाउँपालिका वडा नम्बर १ मा पर्यावरण संरक्षणका लागि सार्वजनिक स्थलहरुमा वृक्षारोपण गरिएको छ । बेल्डाँडी गाउपालिका वडा नम्बर १ को आयोजनामा गरिएको उक्त क्षेत्रमा रहेका कालिका मन्दिर, सिद्धनाथ मन्दिर, सिद्धनाथ आधारभुत विद्यालय सिद्धचोक र पिपल चौतारा नजिकै रहेको राधाकृष्ण मन्दिर लगायतका सार्वजनिक स्थलहरुमा वृक्षारोपण गरिएको हो ।

पर्यावरण संरक्षणमा जोड दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको वडा नम्बर १ का सदस्य शंकर भट्टले बताउनु भयो । वृक्षारोपण कार्यक्रममा बेल्डाँडी गाँउपालिकाका अध्यक्ष धन बहादुर थापा, उपाध्यक्ष कमला कार्की, वडा नम्बर १ का वडा अध्यक्ष अमर बहादुर खत्री, उक्त वडाका  सदस्यहरु लगायत समाजसेवी र स्थानीय नागरीकहरुको पनि उपस्थिति रहेको वडा सदस्य भट्टले बताउनु भयो । 

<