बेलौरी खबर

नहरको डिलमा खेल्दै गरेका बेला नहरमा खसेर छ वर्षीया रोशनीको मृत्यु ।।

कञ्चनपुर, २७ असार । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ झिलमिलाका गोविन्द पार्कीका छ वर्षीया छोरी रोशनीको नहरमा डुबेर मंगलबार मृत्यु भएको छ । नहरको डिलमा खेल्दै गरेका बेला रोशनी नहरमा खसेर डुबेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताउनुभयो ।

<