खेलकुद

प्रधानमन्त्री कप विश्वविद्यालय स्तरीय भलिबलको च्याम्पियन हुने सुपको सपना अधुरै ।।      

बिकाश सिंह महता, कञ्चनपुर, २४ असार ।

काठमाडौँमा सम्पन्न प्रधानमन्त्री कप विश्वविद्यालय स्तरीय भलिबलको तेस्रो संस्करण २०७५ को अन्तर विश्वविद्यालय स्तरीय भलिबल खेलमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको फाइनल जित्ने सपना अधुरो रहेको छ । शनिवार भएको फाइनल छात्रा तर्फको खेल त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिमाञ्चल विश्वविद्यालय बिचको खेलमा त्रिभुवन विश्वविद्यालयले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलाई ३ को सोझो सेटले पाखा लगाउँदै फाइनल उपाधि हात पार्न सफल भएको छ ।

 

 

छात्र तर्फ पनि त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिमाञ्चल विश्वविद्यालय  बिच भएको खेलमा पनि अन्तिम बेष्ट फाइव सम्म खेल पुग्दा पनि उपाधी त्रिभुवन विश्वविद्यालय छात्रा र छात्रको भलिबलमा च्याम्पियन भएको छ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले  फाइनलमा पराजित हुँदै दोस्रो स्थान हात पारेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका अफिसियल मान बहादुर शाहले बताए ।

 

उनका अनुसार खेलकुद प्रतियोगितामा भलिबल छात्रा–छात्र, ब्याडमिन्टनमा एकल रडबल छात्र–छात्रा र टेबल टेनिसमा एकल रडबल छात्र–छात्रा खेलकुदमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको सहभागिता रहेको र छात्रा ब्याडमिन्टन तर्फ तेस्रो स्थान, टेबलटेनिस छात्र तर्फ रडबलमा पनि तेस्रो स्थान हातपारेको र सू.प विश्वविद्यालयका बुद्धिचाल तर्फ तेस्रो स्थान हात पारेको छ ।

 

यसरी तेस्रो प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुद प्रतियोगितामा सहभागी हुँदै तेस्रो स्थान हात पार्न सफल संगै पदक जित्दै  सुदूरपश्चिमाञ्चल विश्वविद्यालय समग्रमा तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ । यो संगै इनाम स्वरुप दस हजार समेत प्राप्त गरेको छ । असार २१ गते देखि खेलकुद प्रतियोगिता संचालन भएको थियो भने शनिबार सम्पन्न भएको हो ।

<