बेलौरी खबर

अविरल वर्षाले कैलाली र कञ्चनपुर लगायत देशका विभिन्न क्षेत्र जलमग्न ।।

केशव भट्टराई, कैलाली, १९ असार ।
आइतवार राती देखी लगातार रुपमा परेको पानीले कैलाली र कञ्चनपुर लगायत देशका विभिन्न क्षेत्र जलमग्न भएका छन् । यस क्षेत्रको मोहना, खुटीया, कर्णाली तथा कञ्चनपुरको महाकाली नदीमा पनीको सतह वढ्दै गएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र कैलालीले जनाएको छ । लगातारको वर्षाका कारण वाढी आउने खतरा वढेको र विभिन्न नदीहरु खतराको सुचक नजीक पुगेकाले सवैलाई सचेत हुन जिल्ला प्रशासन कार्यालय कैलालीले आग्रह गरेको छ । 

 


देशका अधिकांश स्थानमा लगातार रुपमा परेको पानीले धेरै ठाउँको जनजीवन प्रभावीत वनाएको छ । लगातार रुपमा भारी वर्षा हुदा घर भत्कीएर कैलालीमा १ जनाको ज्यान गएको छ । वर्षाका कारण जिल्लाका विभिन्न क्षेत्रहरुमा डुवानमा परेपनी पुर्ण जानकारी आइ नसकेको कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी जनक राज भट्टले वताउनुभयो ।

 

वर्षका कारण नदीमा आएको वाढी र डुवानमा रहेका क्षेत्रमा कुनै पनी क्षती हुन नदीन नेपाल प्रहरी, ससस्त्र प्रहरी र आवश्यक परे नेपाली सेनाको प्रयोग गर्न पनी तत्पर रहेको निमित्त प्रमुख जिल्ला अधिकारी भट्ट वताउनुहुन्छ । वाढी प्रभावीत क्षेत्रमा माइकीङ तथा पुर्व तयारीका लागी आवश्यक सामाग्री तयार गरीएको उहाँले वताउनुभयो । कही कतै कुनै घटना भए तुरुन्तै नजिकैको प्रहरी कार्यालय वा १०० मा फोन गर्न समेत उहाँले आग्रह गर्नुभयो । 


लगातार वर्षाका कारण मोहना, खुटीया, कर्णाली तथा कञ्चनपुरको महाकाली नदीमा पनीको सतह वढ्दै गएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र कैलालीले जनाएको छ । पानीको सतह वढ्दै गएपछी स्थानीय स्तरमा खवर गर्नुका साथै सुरक्षाको निती आवलम्वन गर्न सवैसंग सहकार्य गरीएको  जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सुचना व्यवस्थापन अधिकृत चेतन खडकाले वताउनुभयो । 

 

यता नेपाल रेडक्रस सोसाइटी कैलालीले वाढी तथा डुवानको समयमा गर्नुपर्ने पुर्व तयारी भैसकेको जनाउदै सवैमा नआत्तिन आग्रह गरेको छ । तराई भागमा मात्रै पानी परेकाले पहाडी भेगमा पानी नपरी यहाँको क्षेत्रमा खासै असर नपर्ने नेपाल रेडक्रस सोसाइटी कैलालीका सभापती उत्तम जोशीले वताउनुभयो । 

 

रेडक्रस सोसाइटी सधै विपदको समयमा नै काम गर्ने भएकाले विपद न्युनिकरण तथा विपदको समयमा हुनसक्ने सम्भावित दुर्घटना न्युनिकरणका लागी सकृय भएको सभापती जोशीले वताउनुभयो । यसैक्रममा सोमवार नै रेडक्रस सोसाइटीले प्रशासन कार्यालय अन्तरगत जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रलाई एक थान प्लाष्टिकको ढुङ्गा, लाइफ ज्याकेट, हाते माइक लगायतका समाग्री पनी हस्तानान्तरण गरेको छ । 


तीन दिनसम्म लगातार वर्षा भए पनि दिउँसो पख केही बेर वर्षा रोकिने र विशेष गरी साँझ, राति र बिहान वढी वर्षा हुने जल तथा मौशम पुर्वानुमान महाँशाखाले जनाएको छ । पूर्व, मध्य र पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सजगता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । मौसमविद मन्जुभासीले पश्चिमी भेगका केही स्थानमा भारी वर्षाको सम्मसम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गर्नुभयो । 

 

अझै रातीको समयमा धेरै वर्षा हुन सक्नेभएकाले नदी तटीय क्षेत्रका वासिन्दा लाई सजक रहन समेत  जिल्ला प्रशासन कार्यालय कैलालीले आग्रह गरेको छ ।

 

<