बेलौरी खबर

महिलाहरुको निशुल्क स्वास्थ्य जाँच शिविरमा ३१६ जना महिलाहरुको स्वास्थ्य जाँच ।।

हरिश चन्द्र बाग, कञ्चनपुर, १८ असार ।
कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ७ को आयोजनामा गणेश मावि बरैयामा सञ्चालित महिलाहरुको निशुल्क स्वास्थ्य जाँच शिविरमा ३१६ जना महिलाहरुको स्वास्थ्य जाँच गरिएको छ । सेति अञ्चल अस्पतालमा कार्यरत बरिष्ठ स्त्री रोग बिशेषज्ञ डा. सलेना खड्का सहितको विशेषज्ञ स्वास्थ्यकर्मीहरुको टोलीले  महिलाहरुको स्वास्थ्य जाँच गरेको बेलौरी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष प्रकाश श्रेष्ठलाई उधृत गर्दै बेलौरी नगरपालिका स्वास्थ्य शाखाका संयोजक मान बहादुर चन्दले बताउनु भयो । 
 

<