खेलकुद

एन्फा कप अन्तर विद्यालय फुटबलको फाइनल खेल मंगलबार हुने, वर्षातका कारण खेल सारियो ।।

हरिश चन्द्र बाग, कञ्चनपुर, १८ असार ।
कञ्चनपुरमा जारी एन्फा कप २०७५ अन्तर विद्यालय छात्र-छात्रा फुटबल प्रतियोगितामा सोमबार हुने भनिएको फाइनल खेल वर्षातका कारण एकदिन सारिएको छ । अब फाइनल खेल मंगलबार खेलाइने भएको छ ।

 

छात्रा तर्फ बैजनाथ मावि जडेपानी र लक्ष्मी मावि खैरभट्टी बीच प्रतिस्पर्धा हुने छ भने छात्र तर्फ फ्लोरिडा इन्टरनेशनल र वैजनाथ मावि जडेपानी बीच फाइनल प्रतिस्पर्धा हुने भएको छ । कञ्चनपुरको महेन्द्रनगर स्थित खुलामञ्चमा आयोजित एन्फा कप २०७५ अन्तर विद्यालय छात्र÷छात्रा फुटबल प्रतियोगिता यही असार १३ गतेबाट सुरु भएको हो ।
 

<