बेलौरी खबर

प्रहरीद्वारा १ क्विन्टल ५० किलो अबैध बोईलर कुखुरा बरामद ।।

जुद्ध चौधरी, कञ्चनपुर, १६ असार ।

भारतबाट नेपाल भित्रिदै गरेको १ क्विन्टल ५० किलो अबैध बोईलर कुखुरा गए राती प्रहरी चौकी फटियाले बरामद गरेको छ । राती गस्ती गर्ने क्रममा पुनर्वास नगरपालिका वार्ड न. ४ उपियाँफाँटाबाट राती ११ बजे कुखुरा बरामद गरिएको हो ।

 

चोरी बाटो हुँदै नेपाल भित्रिदै गरेको अवस्थामा बेलौरी नगरपालिका वार्ड न. १ फटैया स्थित प्रहरी चौकीबाट राती गस्ती गर्ने क्रममा सो कुखुरा बरामद गरीएको असई पदम बहादुर भण्डारीले बताउनु भयो । से ६ प ४८१० नम्बरको मोटरसाईकल सहित कुखुरा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। बरामद उक्त कुखुरा बेलौरी ईलाका प्रहरी कार्यालयमा जिम्मा लगाईने असई भण्डारीले बताए ।

 

दिन प्रति दिन कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास र बेलौरीका विभिन्न सिमा नाकाबाट अबैध भारतीय माल सामानहरू चोरी पैठारी हुँदा पनि स्थानिय प्रशासन कडाईका साथ प्रस्तुत नभएको स्थानियहरू बताउँछन ।

<