कृषि

“धान उत्पादनमा वृद्धि, राष्ट्रको समृद्धि” भन्ने नारा सहित बेलौरीमा राष्ट्रिय धान दिवस मनाइयो ।।

केशब भट्ट, कञ्चनपुर, १५ असार ।
आज १५ औं राष्ट्रिय धान दिवस । “धान उत्पादनमा वृद्धि, राष्ट्रको समृद्धि” भन्ने नारा सहित १५ औँ राष्ट्रिय धान दिवस कार्यक्रम आज बेलौरी नगरपालिकामा पनि मनाएको छ । मुठी रोपेर मुरी उब्जाउने आजको दिनलाई बेलौरीका  किसान तथा जनप्रतिनिधीहरुले बेलौरीका कृषक आश्रय राम वडायकको घरमा हिलो खेल्दै, दही चिउरा खाँदै र धान रोप्दै मनाइएको हो । 

 


कार्यक्रममा सभापति बेलौरी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष तथा कृषि विकास शाखा बेलौरीका सयोंजक नेत्रराज गिरी रहनु भएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कार्यक्रमका विशिष्ट अतिथी एवम् कृषि विकास कार्यालय कञ्चनपुरका वरीष्ठ कृषि विकास अधिकृत सागर ढकालले नेपाल कृषि प्रधान देश भएको बताउदै यस क्षेत्रमा कृषिमा बढि जोड दिनुपर्ने बताउनु भयो कृषिमा रसायन मलको प्रयोग नगरी प्राङ्गारीक मलको प्रयोग गर्न समेत उहाँले कृषकहरुमा आग्रह गर्नुभयो ।  

 


कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी रहनुभएका बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरीले धान खेती अतिआवश्यक भएको बताउदै यसको सरक्षण र नयाँ प्रविधीबाट बढि भन्दा बढि उत्पादन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनु भयो । आफ्नै ठाउँमा प्रशस्त मात्रामा धान उत्पादन गरेमा आत्मनिर्भर बन्न सकिने समेत उहाँले जोड दिनु भएको थियो ।  

 


कार्यक्रममा बेलौरी नगरपािलका उत्कृष्ट कृषकहरुलाइ कृषी सामग्री सहित सम्मान गरीएको थियो । कार्यक्रममा धान रोपाइ प्रतिस्पर्धाका गरिएको थियो । कार्यक्रममा बेलौरी उद्योग वाणिज्य संघ, विभिन्न विद्यालयका शिक्षक ,विद्यार्थीहरुको सहभागीता रहेको थियो । “धान उत्पादनमा वृद्धि, राष्ट्रको समृद्धि” भन्ने नारा सहित बेलौरी बजार परिक्रमा गरिएको बेलौरी नगरपालिका कृषि विकाश शाखाका प्रमुख रण बहादुर मल्लले बताउनु भयो । 

<