कृषि

खडेरीले असारे बाली प्रभावित, किसान मारमा ।।

धन बहादुर बिक, कञ्चनपुर, ९ असार ।
खडेरीले रोपेको धान पनि सुक्दै जान थाल्यो , समयमा पानी नपर्दा  महङ्गो ईन्धन र महङ्गो श्रोत साधन प्रयोग गरि बाली सुक्न थालेपछि कञ्चनपुर को दक्षिणी क्षेत्र का किसानहरू समस्या मा परेका छन । असारको पहिलो साता बितिसक्दा पनि पानी नपरी तिब्र खडेरी बढ्न थालेपछि किसान हरू समस्या मा परेका हुन ।

 

उच्च खडेरी ले सिचाइ का लागि प्रयोग गरिने बोरिङ बाट पानी समेत कम आउने गरेको पुनपा ६ का किसान श्यामकुमार लामाले बताए , यता एकसाता अघि रोपेको थुप्रै किसानहरूका धान सुक्दै गईरहेको कउषक तथा पुनपा ४ का वडा अध्यक्ष प्रेम बस्नेतले बताए ।  

 


पानिको पर्खाई र बोरिङको पर्खाईमा बसेका कतिपय किसानको धान को उखेलको बीउ समेत सुकेर गएको पुनपा ७ पराशनका कृषक बनवारी रानाले बताए । मानो रोपेर मुरी उब्जाउने बेला असार को ८ गते बितिसक्दा पनि पानी पर्न नसकेपछि किसानहरू रूनुन हास्नु भएका छन भने आकासे पानीको भरमा रोपाइ गर्ने अधिकांस किसानहरूले  एक सर्को पनि रोप्न पाएका छैनन ।

 

एकातिर समयमा पानी नपर्दा   किसानहरू मर्कामा परेका छन भने प्रचण्ड गर्मीका कारण सर्वसाधारण , स्थानीय व्यापारी  उधोगी , साना बिध्यार्थि , कर्मचारी गर्मिले समस्या मा परेका छन मान्छे हरू अत्यआवस्यक काम बाहेक साझ र बिहान बाहेक घरबाट बाहिर आवतजावत गर्न छाडेका छन । सर्वसाधारण हरू को न्यून उपस्थिति ले बजारमा व्यविाय समेत घटेको पुनपा ६ प्रतिभानगरका फ्यान्सि पसले प्रेम थापाले बताए ।
 

<