बेलौरी खबर

विश्वभर सिकलसेल एनिमिया दिवस मनाइदै ।। (अडियो रिपोर्ट सहित)

 

हरिश चन्द्र बाग, कञ्चनपुर, ०५ असार ।
आज जुन १९ तारिख, विश्वभर सिकलसेल एनिमिया दिवस मनाइदै छ । नेपालमा पनि “आफ्नो तथा परिवारको सिकलसेल अवस्था थाहा पाउँ” भन्ने नारा सहित आज सिकलसेल एनिमिया दिवस भव्यताका साथ मनाइदै छ ।

 

पश्चिम नेपालको तराईका जिल्लाहरुमा बसोबास गर्ने प्रायः आदिवासी थारु समुदायका मानिसहरुमा सिकलसेल एनिमिया रोग देखापरेको छ । नेपाल सरकारले सिकलसेल एनिमियाको उपचार निशुल्क गर्ने व्यवस्था मिलाएको छ । 


सिकलसेल रोग निवारणमा क्रियाशिल संस्था सिकलसेल एनिमिया एसोसिएसन अफ नेपालका अध्यक्ष पीताम्बर चौधरीका अनुसार कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्रमा जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइदै छ ।

 

दिवसका अवसरमा सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर ७ र बेलौरी नगरपालिकाको आर्थिक सहयोगमा बेलौरी स्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पनि चेतनामूलक कार्यक्रम आयोजना गरिएको छ ।  

प्रस्तुत छ, सिकलसेल सम्बन्धी तयार पारिएको एक रिपोर्ट ....

http://radiobelauri.org.np/uploads/audio/71.Sikal%20cell%20Animiya%20Report%20@%2003-05%202075.MP3

https://soundcloud.com/nb-media-network-kanchanpur/sikal-sel-animiya-report-03-05-2075mp3

<