बेलौरी खबर

फेसबुकमा फ्याक आईडी खोली महिलालाई जिस्क्याउने एक जना युवक पक्राउ ।। 

हरिश चन्द्र बाग, कञ्चनपुर, ०४ असार ।
फेसबुकमा फ्याक आईडी बनाई महिलालाई जिस्क्याउने कञ्चनपुका एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा ५ ओटा भन्दा बढी युवतीहरुको नामबाट फ्याक आईडी खोली युवतीहरुको मानमर्यादा माथी आँच आउने गरी फोटो बिगारेर अपलोड गर्नुका साथै मोबाईल फोनबाट २५–३० जना महिलालाई फोन गरी गाली गलौज गर्ने कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नं. ६ बस्ने ३५ वर्षिय बब्लु गुरुङलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका गुरुङलाई सार्बजनिक अपराध ऐन बमोजिम कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर सेटीले जानकारी दिनुभयो ।
 

<