बेलौरी खबर

राष्ट्रिय सभाका सदस्यहरुको गोलाप्रथाद्वारा कार्यकाल निर्धारण, कसको कार्यकाल कति ? (सूचिसहित)

काठमाडौं, ४ असार । राष्ट्रियसभाका ५९ जना सदस्यहरुको गोलाप्रथाद्वारा आज कार्यकाल निर्धारण गरिएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा आज भएको गोला प्रथा कार्यक्रमरुपी निर्वाचन मार्फत राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सीना लगायत सम्पूर्ण सदस्यहरुको कार्यकाल टुंग्याइएको हो । 

 

गोला छान्दा राष्ट्रिय सभाका अध्यक्षले ६ वर्ष, गृहमन्त्री रामबहादुर थापाले ६ वर्ष तर्था अर्थमन्त्री डा.युवराज खतिवडाले २ वर्षे कार्यकाल प्राप्त गरेका छन् । त्यस्तै राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालले भने ४ वर्षे कार्यकाल पाएकी छिन् ।

 

आज आयोजना गरिएको गोला प्रथारुपी निर्वाचन मार्फत आफ्नो ६ बर्षीय कार्यकालको सुनिश्चितता गर्ने २० जना सदस्यहरुमा रमेशजंग रायमाझी, जितेन्द्रनारायण देव, रामबहादुर थापा, गणेशप्रसाद तिमिल्सिना, खिमलाल भट्टराई, भैरव सुन्दर श्रेष्ठ र हरिराम चौधरी रहेका छन् ।

त्यस्तै सदस्यहरु विना पोखरेल, प्रमिला कुमारी, दिल कुमारी रावल, दिपा गुरुङ, अनिता देवकोटा, नन्दा चपाई, इन्दु कँडरिया, नरपति लुवार, सिंहबहादुर विश्वकर्मा, प्रकाश पन्थ, महेशकुमार महरा, रामचन्द्र राई र विमला राई पौडेलको पनि पदावधि छ बर्ष कायम भएको छ ।

 

 

गोला प्रथाद्वारा २० जना सदस्यहरु क्रमशः परशुराम मेघी गुरुङ, सुमन राज प्याकुरेल, राधेश्याम अधिकारी, दिनानाथ शर्मा, चन्द्रबहादु खड्का, खगेन्द्रप्रसाद पुरी, शेरबहादुर कुँवर, रामनारायण विडारी, नैनकला ओझा, शशिकला दाहाल, उदया शर्मा पौडेल, शान्तिकुमारी अधिकारी, कोमल ओली, कविता बोगटी, तारादेवी भट्ट, खिमकुमार वि.क, चक्र स्नेही, रामलखन चमार, जीवन बुढा र अघम वान्तावा राईको पदावधि भने ४ बर्ष कायम भएको छ ।

 

यसैगरी १९ जना सदस्यहरु क्रमशः हरिचरण शिवाकोटी, रमेशप्रसाद यादव, बलरामप्रसाद बास्कोटा, सुरेन्द्रराज पाण्डे, दुर्गाप्रसाद उपाध्याय, कालिबहादुर मल्ल, बद्रीप्रसाद पाण्डे, डा. युवराज खतिवडा, सरिता प्रसाई, मुक्ताकुमारी यादव, धनकुमारी खतिवडा, विन्दादेवी आले, मीना बुढा, युटोल तामाङ, कमलाकुमारी ओली, खेमराज नेपाली, रामप्रीत पासवान, राजकुमार कुँवर र वृषेशचन्द्र लालको गोलाप्रथा छनौट प्रणालीबाट २ बर्ष पदावधि कायम भएको छ ।

 

सघीय संसदको अन्तर्गतको राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित ३ सदस्य सहित गरी जम्मा ५९ जना सदस्यहरु कायम रहेका छन् । राष्ट्रिय सभा सदस्य खिमकुमार वि.क. र रामचन्द्र राईले पहिलो चरणको गोला तान्दा शुन्य वर्ष प्राप्त गरेकाले उनीहरुको दोस्रो चरणको गोलाप्रथाद्वारा कार्यकाल टुंग्याइएको थियो ।

 

राष्ट्रिय सभामा रहेका ७ वटै प्रदेशका सदस्यहरुलाई दलित, महिला, अपाङ्गता वा अल्पसंख्यक, अन्य सदस्य तथा राष्ट्रपतिबाट मनोनित गरी विभिन्न ५ समूहमा विभाजन गरेर गोला छान्ने व्यवस्था मिलाइएको थियो । संघीय संसदका महासचिव मनोहर प्रसाद भट्टराई नेतृत्वको टिमले आज राष्ट्रिय सभाका सदस्यहरुको कार्यकाल निर्धारणका लागि गोलाप्रथा कार्यक्रम आयोजना गरेको थियो ।

 

  • ६ वर्षीय कार्यकाल–२० जना
  • ४ वर्षे कार्यकाल–२० जना
  • २ वर्षे कार्यकाल–१९ जना

हेर्नुहाेस नामवली:

 

s1 (2)s2

#नेपालपाटी 

<