अर्थ-वाणिज्य

पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य घट्यो  ।।

काठमाडाैं, ३ असार |

नेपाल आयल निगमले अाइतबार मध्यरातिदेखि ला‍गू हुनेगरी डिजेल, पेट्रोल र मट्टितेलको भाउ घटाएको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ भाउ घटाउने निर्णय गरेको हो ।

 

नयाँ भाउ अनुसार अब पेट्रोल लिटरको ११० रुपैयाँमा झरेको छ भने डिजेल र मट्टितेलको भाउ प्रतिलिटर समान ९३ रुपैयाँ भएको छ ।  भारतीय आयल कर्पोरशनको नयाँ मूल्यसूचीअनुसार पेट्रोलियमकाे भाउ घटाइएको तर खाना पकाउने ग्यासको भाउ भने यथावत रहेको निगमले जनाएको छ । #उज्यालो 

<