बेलौरी खबर

मान बहादुर चन्दको नेतृत्वमा नेपाल स्वास्थ्य प्राविधिक संघ कञ्चनपुरको नयाँ समिति चयन ।।

हरिश चन्द्र बाग, कञ्चनपुर, ०३ असार ।
नेपाल स्वास्थ्य प्राविधिक संघ कञ्चनपुरमा मान बहादुर चन्दको नेतृत्वमा नयाँ समिति चयन गरिएको छ । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा सम्पन्न नेपाल स्वास्थ्य प्राविधिक संघको तेस्रो जिल्ला अधिवेशनले बेलौरी नगरपालिका स्वास्थ्य शाखाका संयोजक समेत रहेका मान बहादुर चन्दको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

 


त्यस्तै, नेपाल स्वास्थ्य प्राविधिक संघ कञ्चनपुरको जिल्ला उपाध्यक्षमा हरि प्रसाद बोहरा, अञ्जु महता र सुरेश धामी चयन भएका छन् । संघको सचिवमा तिलक प्रसाद जोशी, सहसचिवमा गंगाराज भट्ट र कोषाध्यक्षमा धर्मानन्द भट्टलाई चयन गरिएको छ । अन्य सदस्यहरुमा कविता बोगटी, खेमराज भट्ट, जगदीश कपाडी, जीवन जोशी, देवराज पन्त, नर बहादुर टमाटा, नरेन्द्र गैरे, पुनम चौधरी, भुवन जोशी, रमेश नेगी र रेखा भट्ट चयन भएका छन् । 

<