बेलौरी खबर

मधुवन सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा देउवा  निर्वाचित ।।

दीर्घराज ओझा, कञ्चनपुर, ३ असार । 
मधुवन सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा देउवा  निर्वाचित भएका छन् । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १० मा रहेको मधुवन सामुदायिक वन उपभोक्ता समितिको पदाधिकारी चयनका लागि शनिबार भएको  निर्वाचनमा पदम देउवा अध्यक्षमा निर्वाचित भएका हुन् ।

 

मधुवन सामुदायिक वन उपभोक्ता समितिको पदाधिकारी चयनका लागी शनिबार अबेर सम्पन्न मतगणनाको परिणाम अनुसार अध्यक्ष पदमा पदम देउवा २८६ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी बिष्णु केसीले १६९ मत पाएका थिए । त्यस्तै, अध्यक्ष पदका अर्का उम्मेदवार मोहन गुरुङ ले ९ मत प्राप्त गरेका थिए । 

 

 

मधुवन सामुदायिक वन उपभोक्ता समितिको उपाध्यक्षमा देव ओली २३८ मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी जय दत्त भट्टले  २०९ मत प्राप्त गरेका छन् ।

 

त्यस्तै, सचिव पदमा ममता चाँड २१७ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिद्वन्दी धर्मा देवी मल्लले २०८ मत प्राप्त गरेकी थिइन् । सदस्यहरुमा कलावती राना २३८, काले बिष्ट २१६, तुलसी खड्का २१८, पार्वती बिक १७५, फुलमती राना २२१, लक्ष्मी कामी २१३ र जगदीश राना १९९ मत ल्याएर निर्वाचित भएका छन ।

 

 

अध्यक्ष देउवा ६ जना सदस्य सहित समितिमा बहुमतका साथ निर्वाचित भएका छन् भने उपाध्यक्ष, सचिव  र एक जना सदस्य केसी प्यानलका निर्वाचित भएका हुन् ।
 

<