ताजा खबर

विविध

पुनर्वासका सामुदायिक बिद्यालयहरूमा स्कुल वन हरीयाली कार्यक्रम सञ्चालन ।।

धन बहादुर बिक, कञ्चनपुर । बृहत बृक्षारोपण गरौ वन दशक कार्यक्रम सफल पारौ भन्ने मुल नारा सहित कञ्चनपुरको पुनर्वासका सामुदायिक बिद्यालयहरूमा स्कुल वन हरियाली कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक बिद्यालय का साथै पुनर्वास नगरपालिका लाई स्वच्छ र हराभरा बनाउने उदेश्य ले जिल्ला वन कार्यालय को अायोजना र ईलाका वन कार्यालय त्रिभुवनबस्ती ले संयोजन गरि स्कुल वन हरियाली कार्यक्रम सञ्चालन गरेको हो ।


वनले छनौट गरेको चार अोटा सामुदायिक बिद्यालय मध्ये बिहिवार देखि पुनपा ३ स्थित श्री जनकल्याण माबि र पुनपा ४ स्थित श्री दुर्गा माविमा कक्षा ९ र १० का बिध्यार्थि समावेश गरि ईको क्लब गठन गरिएको छ । बृक्षारोपण गर्न र त्यसलाई रेखदेख गरि हुर्काउन बिध्यार्थिहरूको भुमिका महत्त्वपूर्ण रहने भएको ले ईको क्लब गठन गरिएको कार्यक्रम संयोजक तथा ईलाका वन कार्यालय त्रिभुवनबस्ती का वन अधिकृत रेशमलाल शर्माले बताए । बिद्यालय र सिङ्गो पुनर्वास नगरपालिका लाई लक्षित गरि वनले करिब तीन लाख बिभिन्न जातका बिरुवा उत्पादन गरेको पनि शर्माले बताए ।


बर्षायाम नजिकिँदै गरेको ले बृक्षारोपण का लागि उपयुक्त समय हुनेहुदा बिद्यालय को सहयोगमा उक्त कार्यक्रम गर्न लागिएको जनाउदै उत्पादन गरिएका सबै बिरूवाहरू वनले निशुल्क वितरण गरिने वन अधिकृत शर्माले बताए । यद्यपि निशुल्क वितरण गरिएका बिरुवा रेखदेख भए नभएको पछि अनुगमन गरिने शर्माले बताए । वनले अायोजना गर्न लागेको बृहत बृक्षारोपण कार्यक्रम मा सहभागी शिक्षक अभिभावक सामुदायिक बनका पदाधिकारी, जनप्रतिनिधि सबैले सकारात्मक जनाएका छन ।

स्कुल बन हरियाली कार्यक्रम का लागि छनौटमा परेका चारअोटा बिद्यालय श्री जनकल्याण मावि , दुर्गा मावि , राष्ट्रिय मावि र रामबुध्द मावि मध्ये पुनपा ३ स्थित जनकल्याण माविमा बिमलराज जोसीको अध्यक्षतामा १३ सदस्यीय र पुनपा ४ स्थित श्री दुर्गा माविमा अनिल धामिको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको छ । छनौट मा परेका अन्य दुई बिद्यालय मा पनि छिट्टै कार्यक्रम गरिने शर्माले बताए ।

<