ताजा खबर

खेलकुद

बेलौरीमा जारी क्रिकेट प्रतियोगिताको फाइनलमा एभरेष्ट र सिद्धार्थ भिड्ने ।।

केशब भट्ट, कञ्चनपुर, १९ जेठ ।
कञ्चनपुरको बेलौरीमा हिजोबाट सुरु भएको क्रिकेट प्रतियोगितामा आज पनि २ खेल खेलाइएका छन् ।

 

प्याब्सन बेलौरीको आयोजनामा बेलौरीको खुला मञ्चमा जारी क्रिकेट खेल अन्तर्गत आज बिहान भएको पहिलो खेलमा ब्राइट स्टार बोर्डिङ स्कुललाई  एभरेष्ट बोर्डिङ हाइस्कुलले २५ रन अन्तरले पराजित गरेको छ । एभरेष्टले ७५ रन बनाई ७६ रनको लक्ष्य दिएकोमा ब्राइट स्टारले ५० भन्दा बढी रन बनाउन सकेन ।

 

त्यस्तै, आज साँझ ज्ञान साधना पचुई र सिद्धार्थ बीच भएको दोस्रो खेलमा सिद्धार्थ विजयी भएको छ । पहिले व्याटिङ गरेको ज्ञान साधनाले सिद्धार्थलाई ४७ रनको लक्ष्य दिएको थियो । तर सिद्धार्थले ६ विकेटको क्षतिमा ८ ओभरमै लक्ष्य भेटाएको थियो । आजको खेलमा म्यान अफ दि म्याच सिद्धार्थका अनित बिष्ट भएका छन् ।

 

यसपछि हुने फाइनल खेल यही जेठ २१ गते सोमबार हुनेछ । उक्त खेलमा एभरेष्ट र सिद्धार्थबीच रोचक खेल हुने प्याब्सन कञ्चनपुरका उपाध्यक्ष विष्णु प्रसाद शर्माले बताउनु भयो ।
 

<