ताजा खबर

कला / संस्कृति / साहित्य

उपचार गरेर स्वदेश फर्किए राष्ट्रकवि घिमिरे ।।

राष्ट्रकवि माधवप्रसाद घिमिरे भारतमा उपचार गरेर स्वदेश फिर्ता भएका छन् । दिसामा रगत देखिएपछि स्वास्थ्य उपचारका लागि उनलाई भारत लगिएको थियो । स्वाथ्यमा समस्या देखिपछि बैशाख १५ गते उनी ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा भर्ना भएका थिए । चिकित्सकले रोग पत्ता लगाउन नसकेपछि घिमिरेलाई थप उपचारका लागि भारत लगिएको थियो । नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराएर घिमिरे ११ दिनपछि स्वदेश फर्किएका हुन् । उनको सानो आन्द्रामा सामान्य घाउ भएको पत्ता लागेको आफन्तले जनाएका छन् ।
 

<