ताजा खबर

खेलकुद

नेपाली सेनाको पृतनापति ट्रफि खेलकुद सुरु ।।

 

नेपाली सेनाको सुदूरपश्चिम क्षेत्रीय स्तरको पृतनापति ट्रफि खेलकुद प्रतियोगिता सुरु भएको छ । शनिबारदेखि सुरु भएको प्रतियोगिता अन्र्तगत एथ्लेटिक्स, बक्सिङ्ग, भलिबल, कवड्डी, तेक्वान्दो, साइकिलिङ्ग, पौडी, फुटबल, बास्केट बल लगायतका खेलहरु सञ्चालन भइरहेको नेपाली सेनाले जनाएको छ । सात नम्बर प्रदेशमा छरिएर रहेका विभिन्न बाहिनी, गण तथा गुल्महरुमा प्रतियोगिता सञ्चालन भइरहेको छ । 

 

महेन्द्रनगर स्थित श्री नं. २५ बाहिनी अड्डाले भलिबल, सिंहशार्दुल गुल्म भगतपुरले बक्सिङ्ग, कवड्डी र पौडी तथा डडेल्धुरास्थित गरुड दल गणले ह्याण्डबल र बास्केट बल सञ्चालन गरिरहेका छन् । त्यसैगरी श्री नंं. ५ बाहिनी अड्डा तेघरी ब्यारेक अन्र्तगत फुटबल, साइकिलिङ्ग, र एथ्लेटिक्स खेलहरु सञ्चालन भइरहेको छ । 

 

प्रतियोगितामा बिजेता टिम सुदूरपश्चिम पृतनाको प्रतिनिधीत्व गर्दै केही समयपछि हुने प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगितामा भाग लिनेछ । सेनाले हरेक बर्ष आयोजना गर्दै आएको पृतनापति ट्रफि खेलकुद प्रतियोगिता आगामी बिहीबार समापन हुनेछ ।

<