ताजा खबर

खेलकुद

दक्षिण एशियाली महिला फुटवल प्रतियोगिताका लागि सुदूरपश्चिम क्षेत्रीय महिला टिम छनोट ।।

दक्षिण एशियाली महिला फुटवल प्रतियोगिता २०१८ का लागि सुदूरपश्चिम क्षेत्रीय महिला टिमको छनोट भएको छ । १५ वर्ष मुनि र १८ वर्ष मुनिका दुई टिमको छनोट गरिएको छ । कैलालीबाट २९ र कञ्चनपुरबाट १६ महिला खेलाडीहरु क्षेत्रीय छनोटमा सहभागी भएका थिए ।

 

सबै खेलाडीहरुबाट  १५ वर्ष मुनि र १८ वर्ष मुनिका छनोट गरी दुई टिम बनाइएको छ । छनोटमा परेका खेलाडीहरु राष्ट्रिय टिम छनोटका लागि काठमाण्डौँमा प्रतिस्पर्धा गर्नेछन् । दक्षिण एशियाली महिला फुटवल प्रतियोगिता २०१८ को प्रतियोगिता अगस्तमा भुटानमा हुनेछ ।
 

<