अर्थ-वाणिज्य

पेट्रोलियम पदार्थमा मूल्यवृद्धि ।।

काठमाडौँ, वैशाख २० गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेर आएको भन्दै निगमले हिजो बुधबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैँया र डिजेल तथा मट्टितेलमा प्रतिलिटर तीन रुपैँया वृद्धि गरेको हो । मूल्य बढेपछि अब पेट्रोल प्रतिलिटर एक सय आठ रुपैँया भएको छ भने डिजेल र मट्टितेल प्रतिलिटर ९० रुपैँया पुगेको छ । http://www.gorkhapatraonline.com/

<