ताजा खबर

बेलौरी खबर

कञ्चनपुरको लालझाडीमा आँखाका बिरामीहरूक‍ो निशुल्क चेकजाँच ।।

हरिश चन्द्र बाग, काठमाडौं, ८ बैशाख ।
कञ्चनपुरको लालझाडी गाउँपालिकामा आँखाका बिरामीहरूक‍ो निशुल्क चेकजाँच गरिएको छ । लालझाडी गाउँपालिका र धनगढी नेत्रालयको संयुक्त  आयोजनामा शनिबार साँझसम्म सञ्चालित १ दिने आँख शिविरमा ३०८ जना महिला र ३७२ जना पुरूष गरी जम्मा ६८० जनाको आँखा परीक्षण गरी  औषधी प्रदान गरिएको हो । 

 

 

परीक्षण गरिएका मध्ये २०० जनालाई चस्मा वितरण गरिएको छ भने १०१ जनाको आँखाको शल्यक्रिया गर्नुपर्ने लालझाडी गाउँपालिका स्वास्थ्य शाखाका संयोजक श्याम नारायण गुप्ताले बताउनुभयो । शल्यक्रिया गर्नुपर्ने बिरामीको आइतबारदेखि शुक्रबार सम्म क्रमशः धनगढी नेत्रालयमा लगी निशुल्क शल्यक्रिया गरिने बताइएको छ ।

 

<