बेलौरी खबर

फोटो सहितको मतदाता नामावली अध्यावधिक कार्य पुनः सुरु ।।

 

 

हरिश चन्द्र बाग, काठमाडौं, ०२ बैशाख ।

जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले फोटो सहितको मतदाता नामावलीमा नाम समावेश गर्ने र  अध्यावधिक गर्ने काम सुरु गरेको छ ।


यही बैशाख २ गतेदेखि सुरु गरिएको अभियानमा फोटो सहितको मतदाता नामावलीमा नयाँ नाम दर्ता गर्ने, ठाउँ सारी गर्ने, नाम, थर, जन्ममिती आदि  सच्याउने काम गरिन लागिएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख केशब सिंह भण्डारीले बताउनुभयो । १६ वर्ष उमेर पुगेका नेपाली नागरिकहरूले नेपाली नागरीकताको प्रमाणपत्र सहित जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भई फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता र अध्यावधिक गर्न सकिने भण्डारीले उल्लेख गर्नुभयो । देशमा हुने विभिन्न निर्वाचन कार्यक्रम तथा नेपाल सरकारले प्रदान गर्ने तयारी थालेको राष्ट्रिय परिचयपत्रका लागि समेत फोटो सहितको मतदाता नामावली आवश्यक पर्ने हुँदा कोही नछुटून् भन्ने निर्वाचन आयोगको चाहना रहेको उहाँले बताउनुभयो ।

 

कञ्चनपुर लगायत देशका सत्हत्तर वटै जिल्लाका निर्वाचन कार्यालयहरूमा नयाँ दर्ता र अध्यावधिक कार्य हुने भएकोले आफ्नो नाम समावेश गर्न समयमै जिल्ला निर्वाचन कार्यालयहरुमा जान निर्वाचन आयोगले अपिल गरेको छ ।

<