बेलौरी खबर

रेडियो बेलौरीको परीक्षण प्रशारणक‍ो ३ वर्ष पूरा ।।

कञ्चनपुर, २९ चैत्र । कञ्चनपुरको बेलौरीमा उदयदेव मिडिया प्रा.लि. द्वारा सञ्चालित रेडियो बेलौरीको परीक्षण प्रशारण सुरु भएको आज ३ वर्ष पूरा भएको छ । वि.सं. २०७१ साल चैत्र २९ गतेबाट परीक्षण प्रशारण गरी वि.संं. २०७२ जेठ १ गते  एक भव्य कार्यक्रमका साथ उद्घाटन गरी औपचारिक रूपमा प्रशारण सुरू गरिएको हो । 

 

 

परीक्षण प्रशारणको ३ वर्ष पूरा गरेको अवसरमा आज रेडियो बेलौरीले नयाँ वर्षको आगमनलाई समेत मध्यनजर गर्दै कञ्चनपुर जिल्लाको दिक्षिणी क्षेत्रमा रहेका कार्यालय प्रमुखहरूलाई आमन्त्रण गरी चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरेको छ । 

 


आफ्नो परीक्षण प्रशारणक‍ो ३ वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको अवसरमा रेडियो बेलौरीका सम्पूर्ण श्रोतावर्ग, विज्ञापनदाता, संस्थापक एवम् शेयर सदस्य, कर्मचारी, सहकर्मी रेडियो र सञ्चारकर्मी तथा सम्पूर्ण शुभचिन्तकहरुमा हार्दिक आभार प्रकट गरिएको छ ।

 

 

 

रेडियो बेलौरी सम्बन्धी थप जानकारीका लागि तलको लिंकमा क्लिक गर्नुहोस् । 

http://radiobelauri.org.np/about.php

<