ताजा खबर

बेलौरी खबर

मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम सम्पन्न ।।

हरिश्चन्द्र बाग, काठमाडौं, २७ चैत्र ।

 बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम सकिएको छ । आज  खानेपानी मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा खानेपानी मन्त्री विना मगरले मेलम्ची खोलाबाट काठमाडौंमा खानेपानी ल्याउने उक्त  आयोजनाको २६ किलोमिटर सुरुङ खनिएको जानकारी दिनुभयो ।

 

 


पत्रकार सम्मेलनमा बोल्दै मन्त्री विना मगरले दशैंअघि नै काठमाडौंका स्थायी र अस्थायी वासिन्दा समक्ष मेलम्चीको पानी पुगाउने दाबी गर्नुभयो । आउँदो माघ महिनासम्म काठमाडौंका सबै नागरीकले स्थायी रूपमा खानेपानीको समस्याबाट मुक्ति पाउने भएका छन् ।

 

 


३ खण्डमा विभाजन गरी काम भइरहेको मेलम्ची खानेपानी आयोजनाको ७.५ किलोमिटर लामो अन्तिम सुरुङको पनि आज ब्रेक थ्रु भएको छ । तर ब्रेक थ्रु को औपचारिक कार्यक्रम भने चैत २९ गते गर्ने तयारी थालिएको खानेपानी मन्त्रीका प्रेस संयोजक जी भट्टले बताउनु भयो । 

<